मङ्गल ग्रहमा ३,००० दिन बिताएको रोबटले त्यहाँ यस्तो देख्यो

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले मङ्गल ग्रहमा खोजबिनका लागि नयाँ रोबट (रोभर) पर्सिभरेन्स पठाउँदैछ।

तर हामीले बिर्सन नहुने कुरा के हो भने त्यहाँ अहिले नै पनि क्युरिअसिटी नामको रोबटले काम गरिरहेको छ।

सन् २०१२ मा उक्त ग्रहमा अवतरण गरेपछि उसले राम्रैसँग काम गरिरहेको छ।

क्युरिअसिटीले आउँदो मङ्गलवार रातो ग्रह भनेर चिनिने मङ्गल ग्रहमा ३ हजार दिन पूरा गर्दैछ।

मङ्गल ग्रहको एक दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ।

उक्त मिशनले क्युरिअसिटी रोभरका मुख्य उपलब्धि झल्कने केही तस्बिरहरू सङ्कलन गरेको छ।

तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS

सन् २०१८ को जून महिनामा यी तस्बिरहरू प्राप्त गरेपछि मिशन दलले ठूलो राहत महसुस गर्‍यो।

त्यो मङ्गल ग्रहमा धुलाम्मे अवस्था हुँदाको समय भएपनि रोभरले पुन: खन्ने काम सुरु गरेको थियो।

सन् २०१६ पछि खनेर निकालिएको पहिलो ढुङ्गे नमूना 'दुलुथ' थियो।

एउटा प्राविधिक समस्याले उक्त खन्ने कामको अवस्था थाहा हुन छाडेको थियो।

सन् २०१८ को जून महिनायता नयाँ उपायको योजना बनाउँदै त्यसको निकै महत्त्वपूर्ण मानिने खन्ने काम पुन: लयमा फर्काइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मङ्गल ग्रहमा ग्रहण यस्तो देखिन्छ

हरेक मङ्गल वर्षमा दुईपटक उक्त ग्रहका दुईवटा चन्द्रमा - फोबोस र डिमोस सूर्यको अगाडिपट्टि देखिन्छन्। क्युरिअसिटीले ३५ सेकेन्डको उक्त ट्रान्जिट देखेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मङ्गलको वायुमण्डलमा देखिएको बादल

मङ्गलको पातलो वायुमण्डलमा हुने थोरै पानीका बाफले खासगरी चिसो समयमा र पर्वतका वरपर बादल बनाउँछ।

क्युरिअसिटीले त्यस्तो अवस्था पनि कैयौँ पटक देखेको छ।

तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS

सन् २०१९ को अन्त्यतिर लिइएको यो लोभलाग्दो फराकिलो दृश्य मङ्गल सतहको सबैभन्दा उच्च गुणस्तरको (१.८ अर्ब पिक्सेल्स) पानारोमा हो।

तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS

क्युरिअसिटीले पृथ्वी र सौर्यमण्डल परिवारका उसका छिमेकीको चित्र समेत खिचेको छ।

सन् २०२० को गर्मीयाममा क्युरिअसिटीको टोलीले उक्त रोभरलाई सार्प पर्वतको नयाँ र उच्च क्षेत्रमा लैजानेछ जहाँ त्यसले सल्फेट खनिजहरू धेरै भएको चट्टानहरूमा काम गर्नेछ।

तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS

क्युरिअसिटीले एउटा बलौटे ढुङ्गाको सतहमा पुग्न निकै भिरालो यात्रा समेत पूरा गर्‍यो।

तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS

हामीले आकाशमा देख्ने मङ्गल ग्रह देखेको भन्दा कति फरक छ भन्ने क्युरिअसिटीले त्यसभित्र थोरै मात्र खनेर हेर्दा थाहा भइरहेको छ । अहिलेसम्म सफलतापूर्वक २९ पटक त्यस्तो खन्ने काम भइसकेको छ।

त्यसले देखाउने खनिज र रसायनले त्यहाँका प्राचिन समयदेखिका गतिविधि बुझ्न सघाइरहेका छन्।

अहिलेको पानी नपर्ने मौसममा मङ्गल ग्रहको सतहमा धुलो जम्मा भएर बस्छ।

सूर्यको तापका भरमा आउने हावाले जमिनमा ठूला तुफानहरू सिर्जना गर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मङ्गल ग्रहको जमिनमा देखिएको तुफान