अमेरिका निर्वाचन २०२०: चुनावको दिनगन्ती सुरु हुँदा देखिएको भिड, टिकटक चर्चा र एउटा भविष्यवाणी

अमेरिकामा निर्वाचन हुन दुई साताजति बाँकी रहँदा प्रचारप्रसार यसरी भइरहेको छ।

ठूला भिडले सुझावहरूको बेवास्ता गरेका छन् र विमानस्थलका पार्किङ भरिनेगरी डोनल्ड ट्रम्पले चारवटा राज्यको दौडाहा गरिरहँदा ट्रम्प पक्षधर सेलिब्रिटीहरूलाई इन्टरनेटमा खेद्ने काम भइरहेको छ।

ट्रम्पले टिकटकविरुद्ध चालेका कदमबारे आक्रोश झल्कनेगरी मीमहरू बनाइएको छ।

चार वाक्यमा समाचार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्प समर्थक किड रक मिसिगनमा ट्र्पका कार्यक्रममा नियमितजसो देखिन्छन्।

१. ट्रम्पले सप्ताहान्तको दुई दिनभित्रै चारवटा राज्यको दौडाहा गरे र सोमवार उनी ल्याटिनो मतदाताको मन जित्नैपर्ने एरिजोना राज्यका दुई ठाउँमा रोकिए।

२. जो बाइडनको सप्ताहान्त भने शान्त थियो। उनी नातिनी फिनेगनसँग नोर्थ क्यारलाईना पुगे। महत्त्वपूर्ण राज्यको मतले परिणाममा फरक पार्छ भन्ने उनलाई थाहा छ।

३. सेलिब्रिटीहरूतर्फ टेलर स्विफ्टपछि द रक भनेर चिनिने ड्वेन जोनसन र कार्डी बी सबैले बाइडनको अभियानबारे बोलेका छन्। त्यसपछि ट्रम्पको सेलिब्रिटी फ्यान क्लब किड रक, क्रिस्टाई एली र जोन भोइटको पालो आयो तर त्यसले सामाजिक सञ्जालमा चर्काचर्की निम्त्यायो।

४. टिकटकले राष्ट्रपति ट्रम्पलाई 'एङ्ग्री चीटो' र 'अरिन्ज ब्रसेल स्प्राउट' भनिएका भिडिओहरू हटाएको छ। बीबीसीको एउटा अनुसन्धानले ती भिडिओ प्रेषित गर्ने प्रभावशाली व्यक्तिहरूलाई एउटा मार्केटिङ कम्पनीले पैसा दिएको तथ्य सार्वजनिक गरेको थियो।

तस्बिर स्रोत, TikTok

तस्बिरको क्याप्शन, टिकटकको यो चुनावमा भूमिका हुन सक्थ्यो।

ट्रम्पका लागि ठूला भिडको अर्थ किन सधैँभन्दा बढी छ?

राष्ट्रपति ट्रम्प प्रत्येक दिन दुई वा तीन राज्यको दौडाहामा जान्छन्।

राष्ट्रिय मत सर्वेक्षणमा उनीपछाडि छन्। पैसा उठाउने कुरा आउँदा ठूलो र उत्साहित भिड देखिन्छ।

यी तस्बिरहरूले ट्रम्पको अभियानले किन भिडहरू रूचाउँछ भन्ने देखाउँछ।

भिडलाई चुनाव विवादित बनाउन प्रयोग

तीनैतिर आफ्ना समर्थकको भिड देखेर ट्रम्पको अभियानलाई मत सर्वेक्षणहरूलाई चुनौती दिन सकिने आत्मबल आएको छ।

उनका छोरा एरिकले जोर्जाको एउटा जुलुसको फोटो राख्दै ट्वीटमा लेखे- 'मत सर्वेक्षणहरू गलत छन्।'

तस्बिर स्रोत, Getty Images

यो सबै र्जाको कुरा हो

ट्रम्प र उनका समर्थकहरू दुवै त्यतिखेर तातिन्छन् जब ट्रम्पले नाराहरू दोहोर्‍याउन थाल्छन्।

त्यसैले विज्ञहरूका सल्लाहलाई नकार्दै उनीहरू भिडभाड नै रुचाउँछन्।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Reuters

तर केही विश्लेषकहरूका विचारमा मत परिणामलाई त्यस्तो उत्साहले खासै धेरै फरक पार्नेछैन।

एउटा भविष्यवाणी: 'साढे चारबजे ईश्वरले मलाई भने...'

तस्बिर स्रोत, MANDEL NGAN

सप्ताहान्तको सबैभन्दा स्मरणयोग्य क्षण इन्टर्न्याश्नल चर्च अफ लस भेगसमा आइतवार आयोजित कार्यक्रम थियो।

ट्रम्पको पछिल्लो कोभिड उपचारसँग जोड्दै राष्ट्रपतिसँग बोलेकी पादरी डेनिज गुलेले भनिन्: "साढे चार बजे ईश्वरले मलाई भने- 'म तिम्रो राष्ट्रपतिलाई दोस्रो लहर दिन जाँदैछु।'"

उनले ट्रम्प राष्ट्रपति पुनर्निर्वाचित हुने बताइन्।

कट्टर इसाईहरूमाझ ट्रम्प जो बाइडनभन्दा बलिया देखिन्छन्। हालैको एउटा अध्ययनका अनुसार त्यो साथ निकै बलियो रहेको देखिएको थियो।

त्यसकै कारण कट्टर धार्मिक मानिसहरूलाई अर्थ राख्ने विषयमा उनले काम गरे। जस्तै एक पुरातनवादी व्यक्तिलाई सर्वोच्च अदालतमा नियुक्ति दिए।