गर्भवतीलाई तलतलः जैविक आवश्यकताले गर्दा कि मनोवैज्ञानिक कारण छन्?

तस्बिर स्रोत, Getty Images

हामी सबैले गर्भधारण गरेका महिलाका व्यवहारबारे विभिन्न किंवदन्ती सुनेका छौँ। जस्तै - केही महिलालाई आइसक्रीम र अचार मात्र खान मन लाग्छ, कोही मध्यरातमा पतिलाई कुखुराको भुटन ल्याइदिन भन्छन् भने कसैलाई एउटा विशेष ब्र्यान्डको चकलेट दिनमा पाँच पटक खानुपर्छ।

हामी आफैँलाई पनि कुनै बेला यस्तै तलतल लागेको हुनसक्छ।

यस्तो तलतलले महिला र उनको गर्भमा विकसित भइरहेको भ्रूणको पोषणसम्बन्धी आवश्यकतालाई यस्तो तलतलले पूरा गरिरहेको हुन्छ भन्ने प्रायः सोचिन्छ। यसले कुनै अन्तर्निहित जैविक वास्तविकतातर्फ सङ्केत गरेको हो त?

वास्तवमा यो एउटा जटिल प्रक्रियाको झुक्याउने भाग हो।

भातको तलतल

अनुसन्धानकर्ताहरूका अनुसार सबै संस्कृतिमा गर्भधारण गरेको बेला तलतल लाग्छ भन्ने अवधारणा विद्यमान छैनन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जापानमा महिला धेरै महिलालाई भातको तलतल लाग्छ

कहिलेकाहीँ गैरअङ्ग्रेजी भाषी संस्कृतिमा देखिने महिलाहरूको तलतल भने अमेरिका वा यूकेका महिलाको भन्दा निकै भिन्न देखिएको छ।

उदाहरणका लागि जापानका महिलाहरूलाई भातको तलतल धेरै लाग्ने गरेको छ।

अध्ययनहरूले सामान्यतया तलतल लाग्ने खानेकुराले गर्भधारण गरेको अवस्थामा कुनै विशेष पोषण पो दिन्छन् कि भनेर पनि हेरेका छन्। तर त्यस्तो पाइएको छैन।

चकलेटको स्वाद

वास्तवमा तलतल लागेको भन्ने महिलाहरूले गर्भावस्थाका बेला स्वस्थ रहन आवश्यक भनिएकोभन्दा बढी तौल बढाउन चाहन्छन्। त्यसले जटिलता निम्त्याउन सक्छ।

यसको अर्थ जुन महिलालाई तलतल लाग्छ उनीहरू तौल बढाउन चाहन्छन् भन्ने होइन। यो त जीवरासायनिक आवश्यकताबाहेक अन्य कुराले पनि भइरहेको छ भन्ने देखिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चकलट प्रयोग गरिएको एउटा परीक्षणमा पोषणको आवश्यकतासँग तलतलको सम्बन्ध नभएको देखियो

स्टेट यूनिभर्सिटी अफ न्यूयोर्क अल्बानीमा कार्यरत मनोविज्ञ प्राध्यापक जुलिया होर्मेसले किन मानिसहरूमा खानेकुराको तलतल लाग्छ भन्नेबारे विभिन्न अध्ययन गरेकी छन्।

उनी भन्छिन्- उदाहरणका लागि अमेरिकाका ५० प्रतिशत महिलाहरूमा रजस्वला हुनुपूर्वको सातामा चकलेटको तलतल लाग्ने गर्छ।

वैज्ञानिकहरूले चकलेटको यस्तो तलतल कतै रजस्वलाका बेला कुनै पोषणको पूर्ति गर्न वा कुनै हर्मोन स्थानान्तरण गर्नका लागि पो आवश्यक छ कि भनेर खोजी गरेका छन्।

प्रयोग र परीक्षण

एउटा परीक्षणमा एक मनोवैज्ञानिकले महिलाहरूलाई एउटा बाकस खोल्न भने र त्यसमा भएका चिजमध्ये अर्को पल्ट तलतल लाग्दा उनीहरू के खान चाहन्छन् त्यो खान भने।

त्यसरी गरिएको परीक्षणमा एउटा बाकसमा केही पोषक तत्त्वयुक्त र निकै राम्रो देखिनेगरी बनाइएको दूधबाट बनेको चकलेट थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विज्ञहरू तलतल जैविकभन्दा पनि मनोवैज्ञानिक कारणले लाग्ने धारणा राख्छन्

अर्को बाकसमा सेतो चकलेट थियो तर त्यसमा कोका मिसाइएको थिएन र हेर्दा चाहिँ राम्रो देखिन्थ्यो।

तेस्रो बाकसमा कोका पिल्सहरू थिए। त्यसमा कोका मिसाइएकाले पोषणको मात्रा धेरै थियो तर चकलेटजस्तो अनुभव गर्न सकिँदैनथ्यो।

धेरैले सेतो दूधबाट बनाइएको चकलेट छानेकाले यो परीक्षणबाट के देखियो भने कुनै पोषणका लागि तलतल लाग्छ भन्ने होइन।

त्यस्तै अन्य अध्ययनहरूले हर्मोनसँग पनि यस्तो तलतलको कुनै सम्बन्ध नभएको देखाएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तलतल जुन समयमा पनि लाग्छ सक्छ

होर्मेस भन्छिन्- वास्तवमा रजस्वला हुन छाडेका महिलामा पनि चकलेटको तलतल लाग्ने देखिएको छ।

यो सबैले के देखाउँछ भने तलतलको सम्बन्ध सांस्कृतिक वा मनोवैज्ञानिक कुरासँग हुनसक्छ।

गर्भवती हुँदा छुट

गर्भधारण गरेको बेला घरैमा बस्नुलाई नराम्रो मानिँदैन।

होर्मेस महिलालाई घरमै बस्न र खानका लागि छुट दिइएको जस्तो देखिने बताउँछिन्।

उनी यदि कसैलाई चकलेटको तलतल लाग्छ भने गुणस्तरीय चकलेट किन्नुपर्ने र एक दिनमा केही मात्र खाएर नित्यकर्ममा लाग्नुपर्ने सुझाव दिन्छिन्।

त्यस्तै तलतल मेटाउन ध्यान मोड्नु पनि अर्को उपाय हुनसक्छ।

ध्यानका माध्यमबाट पनि ध्यान अन्यत्र केन्द्रित गर्न सकिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तलतल लागेको छ भने पनि गुणस्तरीय खानेकुरा मात्र खानुपर्छ