सलहः पहाडी र हिमाली जिल्लामा पनि सलहका बगाल

दशकौँपछि गत शनिवार भारत हुँदै पहिलो पटक नेपाल प्रवेश गरेका सलहका बगालहरू काठमाण्डू उपत्यकासहित देशका विभिन्न भागमा फैलिएका छन्।

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, काठमाण्डूको आकाशमा देखिएको सलहको बथान

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, काठमाण्डूमा चुच्चोमा सलह बोकेर उड्दै गरेको एउटा काग

झन्डै एक महिनाअघि सरकारले गठन गरेको एउटा प्राविधिक कार्यदलले नेपालमा यसपालि सलह नआउने निष्कर्ष निकालेको थियो।

तर मनसुरु सुरु भएपछि भारत हुँदै सलह नेपाल प्रवेश गर्‍यो। अधिकारीहरूका अनुसार अहिले नेपालमा तराईका बाहेक पहाडी र हिमाली जिल्लासम्म सलहका बगालहरू पुगिसकेका छन्।

तस्बिर स्रोत, AFP/Getty Images

हावाको गति उत्तरतर्फ मोडिएपछि पूर्वानुमानविपरीत सलह नेपाल भित्रिएको अधिकारीहरूको दाबी छ।

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिर स्रोत, AFP/Getty Images

मरुभूमिबाट आएको सलहले नेपालमा भने वंशवृद्धि गर्न नसक्ने विज्ञहरूको धारणा छ।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित