चट्याङ: बाढीपहिरोभन्दा खतरनाक, नेपालमा बर्सेनि १०० जनाको ज्यान लिन्छ

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: २ मिनेट

नेपालमा चट्याङका कारण हरेक वर्ष १०० जनाभन्दा बढीको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ।

राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रको विवरण अनुसार विगत नौ वर्षमा चट्याङ‌कै कारण ९५९ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै चट्याङ लागेर हरेक वर्ष ३०० जना घाइते र कैयौँ परिवारहरू प्रभावित हुने गरेको केन्द्रको विवरणमा उल्लेख छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

केन्द्रमा अनुसार गत वैशाख महिनामा चट्याङ लागेर १६ जनाको ज्यान गएको छ भने ९४ जना घाइते भएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

प्रभावित परिवार

विगत नौ वर्षमा कुल १.९११ घरपरिवार चट्याङबाट प्रभावित भएका छन्।

नेपाल प्रहरीले सङ्कलन गरेको तथ्याङ्कमा त्यस अवधिमा २८६ घरमा आंशिक र १३१ घरमा पूर्ण क्षति पुगेको छ।

त्यस्तै ८५ वटा गोठमा क्षति पुगेको छ भने चट्याङ्‌का कारण १,२९८ पशु तथा चौपाय प्रभावित भएका छन्।

देशभर विगत नौ वर्षमा २,०८८ वटा चट्याङ‌का घटना भएका छन्।

बाढी पहिरोभन्दा ठूलो विपद्

विशेषगरी वर्षाका बेला चट्याङ धेरै पर्ने गरेकाले सतर्क रहन केन्द्रले आह्वान गर्दै आएको छ।

केन्द्रका अनुसार चट्याङ वर्षाका बेला हुने अन्य विपद्‍भन्दा ठूलो हो।

केही दिनअघि केन्द्रले चट्याङबाट बच्ने उपायसहित विभिन्न भाषामा सचेतनामूलक सामग्रीहरू प्रचारमा ल्याएको थियो।

केन्द्रको एउटा ट्वीटमा भनिएको छ, "मानवीय क्षतिका हिसाबले चट्याङ बाढी, पहिरोभन्दा पनि ठूलो विपद् हो। सावधानी अपनायो भने यसबाट हुने क्षति कम गर्न सकिन्छ।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

कहाँ धेरै पर्छ चट्याङ?

चट्याङविज्ञ श्रीराम शर्माका अनुसार बङ्गालको खाडी नजिक रहेका नेपालका भू-भागहरूमा बढी चट्याङ पर्छ।

उनी भन्छन्, "त्यो क्षेत्र भनेको झापा-मोरङ तिरको क्षेत्र हो। जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ। त्यसपछि चुरे क्षेत्र बढी प्रभावित देखिन्छ।"

तर मृत्यु हुनेको सङ्ख्याका हिसाबले चुरे क्षेत्र नै देखिएको छ।

उनका अनुसार नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन्।

मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने उनी बताउँछन्।

त्यस्तै चट्याङको आवाजले कानको जाली फुट्ने र घाइते हुने पनि गर्छ।

सुरक्षित कसरी बन्ने?

शर्माका अनुसार चट्याङ पर्दा जहाज वा गाडीभित्र रहेका मानिसहरू बच्ने सम्भावना धेरै रहन्छ।

त्यस्तै पक्की घरमा बसेका मानिसलाई पनि सुरक्षित नै मानिन्छ।

उच्च गतिको विद्युत प्रवाह हुने हाइटेन्सन लाइन तल दुवै गोडा जोडेर बस्दा पनि बच्न सक्ने उनी बताउँछन्।

तस्बिर स्रोत, Getty Images

उनी घरलाई चट्याङ प्रतिरोधी बनाउनुपर्ने सुझाव दिन्छन्।

त्यसका लागि घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्नुपर्ने उनले बताए।

नेपालमा विशेषगरी दिउँसोको समयमा चट्याङ परेको पाइएकाले दिउँसो ३ बजेपछि खेतबारीमा नजान उनी सुझाव दिन्छन्।

प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा सजग रहनुपर्ने शर्माको भनाइ छ।