कोरोना भाइरस महामारी: संसारभरि खिचिएका साताका केही उत्कृष्ट तस्बिर

कोरोनाभाइरस महामारी फैलिएको बेला गत साता विश्वभरि मानिसको दैनिक जीवनसँग सम्बन्धित केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, Jorge Uzon / AFP

तस्बिरको क्याप्शन, क्यानडाको ओन्टेरीओमा प्लास्टिकको पर्दा राखेर अङ्कमाल गर्दै आमाछोरी

तस्बिर स्रोत, Denis Balibouse / REUTERS

तस्बिरको क्याप्शन, अपाङ्गता भएकी खेलाडी सोफिया गोन्जालेज स्विट्जरल्यान्डस्थित आफ्नो घरको बगैँचामा अभ्यास गर्दै

तस्बिर स्रोत, Rupak De Chowdhuri / REUTERS

तस्बिरको क्याप्शन, कोलकातामा चक्रवात अम्पनको प्रभावका कारण वर्षा हुँदा आफ्ना छोरालाई लिएर हिँड्दै एक महिला

तस्बिर स्रोत, Marco Bello / Reuters

तस्बिरको क्याप्शन, फ्लोरिडामा आफ्नो केश कटाउँदै एक व्यक्ति

तस्बिर स्रोत, Brendan Smialowski / AFP

तस्बिरको क्याप्शन, अमेरिकाका कृषिमन्त्री सनी पर्ड्यू ह्वाइट हाउसमा मास्क लगाउन खोज्दै

तस्बिर स्रोत, Antara Foto/Aji Styawan/ via REUTERS

तस्बिरको क्याप्शन, इन्डोनेशियाको मध्य जाभा प्रान्तमा प्लास्टिकको पर्दाले छेलिएर प्रार्थना गर्दै इस्लाम धर्मावलम्बीहरू

तस्बिर स्रोत, Issei Kato / REUTERS

तस्बिरको क्याप्शन, जापानको टोक्योस्थित एउटा पबमा प्रवेश गर्नुअघि नि:सङ्क्रमण गरिँदै

तस्बिर स्रोत, Wakil Kohsar / AFP

तस्बिरको क्याप्शन, काबुलको सडकछेउ एउटा पसलमा आलु मिसाइएको विशेष किसिमको रोटी बनाइँदै

तस्बिर स्रोत, Adnan Abidi / REUTERS

तस्बिरको क्याप्शन, उत्तर प्रदेशमा एउटा रेल स्टेशनबाहिर बस कुरिरहेकि एक महिला। भारतमा केही रेलहरू पुन: सञ्चालनमा आएका छन्

तस्बिर स्रोत, Kirsty O'Connor / PA

तस्बिरको क्याप्शन, लन्डनको ग्रेनिच उद्यानमा घाम ताप्दै एक महिला

तस्बिर स्रोत, Chandrakala Kshetri / RSS

तस्बिरको क्याप्शन, काठमाण्डूस्थित वीर अस्पतालअगाडि आफ्नो रिक्सामा निदाएका एक रिक्साचालक। लकडाउनका कारण काठमाण्डूमा अन्य सार्वजनिक सवारीसाधन चलेका छैनन्

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित