कोरोना भाइरस: लकडाउनमा खुलेको सुन्दर शहर

कोरोनाभाइरसको जोखिमका कारण लकडाउन र मानिसहरूको चहलपहल कम भएपछि काठमाण्डू शहर शान्त र सुन्दर बनेको छ।

शहरमा सडकहरू पोतिएका छन्, फूलहरू फुलेका छन् र प्रदुषण कम भएका कारण आकाश खुलेको छन्।

काठमाण्डू शहरका छानिएका सुन्दर छ तस्बिरहरू:

तस्बिरको क्याप्शन, नीलो आकाश र प्याजी ज्याकारान्डा फूलबीच देखिएको घण्टाघर
तस्बिरको क्याप्शन, अरूबेला खचाखच जाम हुने कुपन्डोलको खुला सडकमा एक्लै कुद्दै एक साइकलयात्री
तस्बिरको क्याप्शन, देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडिको सडकमा तुलनात्मक रूपमा चहलपहल निकै कम रहेको छ
तस्बिरको क्याप्शन, यो मौसममा यो वर्ष सामान्यभन्दा बढी पानी परिरहेकाले र सडकमा धुलो धुवाँको मात्रा नगन्यमात्रामा भएकाले बिरुवाका प्राकृतिक रङ र सडक बत्तीका संरचनाको मिश्रणको दृश्य चित्रकला झैँ दृष्य देखिएका छन्
तस्बिरको क्याप्शन, धोबीखोलाको किनारमा रहेका बोटबिरुवा र तिनमा फुलेका फूलले धोबीखोला कोरिडोर सडक सुन्दर बनेको छ
तस्बिरको क्याप्शन, बन्दाबन्दीमा यदाकदा चलेका सवारी साधन रोक्दै चलाउनुको कारण सोध्दै प्रहरीहरू

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।