दोस्रो विश्वयुद्ध समाप्त भएको दिन: नाजी जर्मनी ढल्दाका तस्बिरहरू
तस्बिर स्रोत, Getty Images
मे ८ तारिखलाई भिक्टरी अन युरोप अर्थात् भीई डेका भनेर युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको दिवस मनाइन्छ।
चार वर्ष लामो भीषण लडाइँपछि सोभियत सेनाले सन् १९४५ एप्रिल १६ तारिखको दिन बर्लिन आक्रमण गरेको थियो।
नाजी जर्मनीले सन् १९४१ को जुन महिनामा सोभियत सङ्घमाथि आक्रमण गरेर लाखौँ मानिसलाई मारेको थियो।
तर सन् १९४५ सम्म आइपुग्दा अडोल्फ हिटलर कमजोर भइसकेका थिए। उनको सानो र अव्यवस्थित सेना पूर्व र दक्षिणबाट आक्रमण गरेको दुई सोभियत सेनाको टुकडीसँग लडिरहेको थियो।
कुल १५ लाख सोभियत सैनिकले बर्लिनलाई घेरेर आक्रमण गरेका थिए।
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
हिटलर भने बर्लिन सहर छोड्न अनिच्छुक थिए र आफ्ना अन्तिम दिनहरू भूमिगत बङ्करमा बिताएका थिए।
उनी अन्तिम पटक सन् १९४५ एप्रिल २० मा आफ्नो ५६ औँ जन्मदिन मनाउने क्रममा सहरको रक्षा गरिरहेकाहरूलाई तक्मा दिन जमिनमाथि देखापरेका थिए।
त्यही दिन सोभियत सेनाले बर्लिनको केन्द्रतिर गोलाबारी शुरू गरेको थियो।
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
जर्मन सैनिकहरू सङ्ख्या र हतियारमा सोभियत सेनाको तुलनामा थोरै थिए।
सन् १९४५ एप्रिल ३० मा इभा ब्राउनसँग विवाह गरेको भोलिपल्ट हिटलरले आत्महत्या गरे। उनीहरूको शवलाई जमिनमा ल्याएर नजिकैको बमले बनाएको खाल्डोमा जलाइयो।
सोभियत सेनाले त्यसपछि राइखस्ट्यागमाथि कब्जा गरे। त्यहाँबाट जर्मनीमा संसद् भवनमाथि सोभियत सङ्घको झण्डा उचालेको तस्बिर खिचियो।
तस्बिर स्रोत, Getty Images
बर्लिनले मे २ तारिखमा सोभियत सेनासामु आत्मसमर्पण गरेपनि मे ८ तारिखमा युद्ध समाप्त नभएसम्म लडाइँ जारी थियो।
तर बर्लिन भने पूरै ध्वस्त थियो। सोभियत सैनिकले त्यहाँका नागरिकलाई पाउरोटी पनि बाँडे र जघन्य अपराधहरू पनि गरे।
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
युद्धपछि बर्लिनमाथि यूके, अमेरिका र सोभियत सङ्घले कब्जा जमाए।
नागरिकहरूले सहर छोड्न थाले भने ती तीन देशका नेताहरूले सहरको बाहिरी क्षेत्रमा युद्ध समाप्त भएको केही महिनापछि भेटेर शान्तिको मानचित्र कोरे।
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन