यो वर्ष खिचिएका पानीमुनिका उत्कृष्ट तस्बिरहरू

अन्डरवाटर फोटोग्राफर अफ द इर प्रतियोगितामा समुद्र, ताल र नदीको सतहमुनि खिचिएका तस्बिरहरू समावेश हुन्छन्।

यो वर्ष ७० देशबाट ५,५०० तस्बिरहरू प्रतियोगिताका १३ विधामा सम्मिलित भएका थिए।

तीमध्ये पुरस्कृत केही तस्बिरहरू:

तस्बिर स्रोत, Greg Lecoeur

तस्बिरको क्याप्शन, वर्षको उत्कृष्ट तस्बिर घोषित अन्टार्टिकामा एउटा आइसवर्ग वरपर रहेका सिलहरूको यो तस्बिर ग्रेग लेकोयोरले खिचेका हुन्

तस्बिर स्रोत, Anita Kainrath

तस्बिरको क्याप्शन, अनिता केइनरथले यो तस्बिरबाट उदयीमान फोटोग्राफरको पुरस्कार जितिन्

तस्बिर स्रोत, Pasquale Vassallo

तस्बिरको क्याप्शन, इटलीका फोटोग्राफरको जालमा टुना परेको यो तस्बिरले मरिन संरक्षण पुरस्कार जित्यो

तस्बिर स्रोत, Nick More

तस्बिरको क्याप्शन, निक मोरको यो तस्बिर ब्रिटिश फोटोग्राफरले खिचेका तस्बिरमध्ये उत्कृष्ट साबित भयो

तस्बिर स्रोत, Nur Tucker

तस्बिरको क्याप्शन, नूर टकरको यो तस्बिरले उनलाई उदयीमान ब्रिटिश फोटोग्राफरको पुरस्कार दिलायो

तस्बिर स्रोत, Zena Holloway

तस्बिरको क्याप्शन, श्यामश्वेत विधामा उत्कृष्ट ठहरिएको जीना होलोवेको यो तस्बिर

तस्बिर स्रोत, Renee Capozzola

तस्बिरको क्याप्शन, सन् १९७८ देखि साउदी अरेबियाको समुद्र किनारमा रहेको यो जहाजको तस्बिर रेने कापोजोलाले खिचेकी हुन्

तस्बिर स्रोत, Trevor Rees

तस्बिर स्रोत, Shane Keena

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख भए अनुसारको व्यक्तिसँग सुरक्षित छ।