वन्यजन्तुका रमाइला पाँच तस्बिर

तस्बिर स्रोत, Sam Rowley/WPY

तस्बिरको क्याप्शन, सान रोलेले पाँच रात कुरेर यो तस्बिर खिचेका हुन्
    • Author, जोनाथन एमोस
    • Role, बीबीसी विज्ञान संवाददाता

लन्डनको जमिनमुनिको रेलमा यात्रा गरेका सबैले भेट्ने जीव त्यहाँ कुद्ने साना काला मुसाहरू हुन्।

साम रोले ती मुसाहरूबाट यति प्रभावित भए कि उनले एक हप्ता तिनका तस्बिर खिचे।

र एक रात उनले दुई मुसा खानेकुराको सानो टुक्राको लागि झगडा गरिरहेको तस्बिर खिचे।

त्यो तस्बिरले रोलेलाई वर्षका उत्कृष्ट वन्यजन्तु फोटोग्राफरको लुमिक्स पिपल्स च्वाइस अवार्ड जिताएको छ।

उक्त चर्चित प्रतियोगितामा अन्य उपाधि नजितेका तस्बिरहरूमध्ये आफूलाई राम्रो लागेका तस्बिरलाई संसारभरका मानिसहरूले मतदान गरेका थिए।

तस्बिर स्रोत, Michel Zoghzoghi/WPY

तस्बिरको क्याप्शन, मिचेल जोगजोगीले खिचेको जागुआर र अनाकोडाको सङ्घर्ष

रोलेको तस्बिरले २८ हजार मत प्राप्त गर्यो।

लन्डनको न्याचुरल हिस्ट्री म्युजियमले बर्सेनि यो प्रतियोगिता आयोजना गर्छ।

कुनै पुरस्कार नजितेका तर जनमतको आधारमा राम्रा ठहरिएका अन्य चार तस्बिरहरू:

तस्बिर स्रोत, Aaron Gekoski/WPY

प्रतियोगिताको ५६औँ संस्करणको विजेताको घोषणा अक्टोबरमा गरिने छ।

तस्बिर स्रोत, Francis De Andres/WPY

तस्बिर स्रोत, Martin Buzora/WPY

सबै तस्बिरहरूको प्रतिलिपि अधिकार सुरक्षित छ।