कासिम सुलेमानी: आफ्ना सेनाका लागि आदर्श नायक, वैरीका लागि राक्षसी अनुहार
तस्बिर स्रोत, AFP
- Author, लीज डुसेट
- Role, प्रमुख अन्तर्राष्ट्रिय संवाददाता, बीबीसी
इरानका यी सबैभन्दा शक्तिशाली सैन्य अधिकारीलाई मध्यपूर्वमा तेहरानको महत्त्वकाङ्क्षा कार्यान्वयन गर्ने रणनीतिक योजनाकार मानिन्थ्यो।
इरानी फौजको विशेष दस्ता क्विडका प्रमुखले उक्त क्षेत्रमा गोप्य आक्रमण गर्ने शैलीलाई पुनर्व्याख्या गरिदिएका थिए।
जसमा इरान समर्थिक छद्म लडाकुको प्रयोग समेत पर्थ्यो। उनको इरानभित्रै राजनीतिक प्रभाव समेत थियो।
कतिपयले उनलाई इरानको सर्वशक्तिशाली सर्वोच्च नेतापछिका व्यक्तिको रूपमा हेर्थे।
फुलेको कपालका साथ मसिनोगरी दाह्री पाल्ने सुलेमानी आफ्ना फौजका लागि आदर्श नायक थिए भने दुश्मनहरूका आँखामा राक्षसी अनुहार।
थुप्रै वर्षसम्म अमेरिकी अधिकारीहरूले यी लजालु स्वभावका व्यक्तित्वलाई मार्ने योजना बुनिरहेका थिए।
अमेरिकी भनाइमा सुलेमानीले आफ्ना सेनामाथि आक्रमणको आदेश दिने गर्थे।
तर जिहादी समूह इस्लामिक स्टेटविरुद्ध लड्दा कुनै बेला उनीहरूका स्वार्थ जोडिए। तर उनीहरूबीच शत्रुता कायम रहिरह्यो।
इरानी अधिकारीहरूले भने यस कदमलाई युद्धमा गरिने व्यवहार भन्दै 'कडा बदला' ले जवाफ दिइने बताएका छन्।
तस्बिर स्रोत, Reuters
अमेरिकी दूतावास नभएकाले तेहरानमा अमेरिकाको पक्षको प्रतिनिधित्व गर्ने स्वीट्जरल्याण्डका राजदूतलाई इरान सरकारले बोलाएर स्पष्टीकरण लिएको छ।
एक वर्षअघि युद्ध सुरु हुन सक्ने चिन्ता थुप्रै पक्षबाट भए पनि त्यस बेला दुवै पक्षले युद्ध टार्ने प्रयास गर्ने गरेको बताएका थिए।
अहिले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त हमलालाई अमेरिकीमाथिको सम्भावित भावी हमला टार्ने कदम भनेको छ।
तर इरानी विदेशमन्त्री जावेद जारिफले यसलाई 'अन्तर्राष्ट्रिय आतङ्कवादको कदम' भनेका छन्। अहिले इरानसँग जवाफी हमलाहरू गर्ने थुप्रै तौरतरिका छन्।
तर त्यसले लामो समयदेखि बल्झिरहेको सङ्कटलाई एक्कासि र नराम्रो ढङ्गबाट बढाउन सक्छ जसले एउटा भिन्न र खतरनाक अध्याय सुरु गर्न सक्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन