भ्लादिमिर पुटिन: २० तस्बिरमा रुसी शासकका २० वर्ष

तस्बिर स्रोत, Getty Images

भ्लादिमिर पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा रुसमा शासन गरेर २० वर्ष पुग्न लागेको छ।

सन् १९९९ डिसेम्बर ३१ मा केजीबीका पूर्वगुप्तचर पुटिन राष्ट्रपति बन्दा अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति थिए। त्यसपछि २० वर्षमा अमेरिकामा थप तीन व्यक्ति राष्ट्रपति बनेका छन् भने यूकेमा पाँच प्रधानमन्त्री बनिसकेका छन्।

उनी राष्ट्रपति बन्दा नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए र त्यसयता नेपालमा १३ जना प्रधानमन्त्री भइसकेका छन्।

पुटिन शक्तिमा रहँदाको समय प्रतिविम्बित गर्ने २० तस्बिर यहाँ प्रस्तुत गरिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९९ अगस्टमा भ्लादिमिर पुटिन प्रधानमन्त्री भएका थिए। सोही वर्ष डिसेम्बरमा उनले बोरिस यल्त्सिनबाट राष्ट्रपतिको पद लिए

सन् १९९९ को अक्टोबरमा दोस्रो चेचन युद्ध सुरु हुँदा पुटिन प्रधानमन्त्री बनिसकेका थिए।

उनको राष्ट्रपतिकालको आरम्भ चेचेन्यासँगको द्वन्द्वबाट भयो। रुसी सेनाले चेचन्याको राजधानी ग्रोन्जीमाथि कब्जा गर्‍यो र सन् २००३ मा संयुक्त राष्ट्रसङ्घले ग्रोन्जीलाई पृथ्वीको सबैभन्दा ध्वस्त सहर मान्यो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पुटिन सन् २००० को मार्चमा चेचेन्यामाथि एउटा युद्धक विमानमा उडेका थिए

राष्ट्रपति पुटिनले चेचेन्यासँगको द्वन्द्व सन् २००९ सम्म कायम राखे।

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, सन् २००४ मा एउटा विद्यालयमा भएको आक्रमणमा मारिएका ३३० जनाप्रति मन्त्रिपरिषद्‌मा समवेदना प्रकट गर्दै पुटिन र उनका मन्त्रीहरू

सन् २००० को मार्चमा भएको राष्ट्रपतीय निर्वाचन पुटिनले जिते र त्यसको केही महिनामै उनलाई अर्को सङ्कट आइलाग्यो।

कुर्स्क पनडुब्बी काण्डमा ११८ जनाको मृत्यु भयो।

तस्बिर स्रोत, ITAR-TASS/AFP via Getty Images

तस्बिरको क्याप्शन, पुटिनले कुर्स्कमा मृत्यु भएका व्यक्तिको परिवारसँग भेटेका थिए

कुर्स्क सन् २००० को अगस्टमा डुबेको थियो र रुसले धेरै दिनपछि मात्रै मृतकका परिवारलाई सूचित गरेको थियो।

पुटिन त्यतिबेला बिदामा थिए। तुरुन्तै काममा नफर्केको भनेर उनको आलोचना भएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले सन् २००१ मा पुटिनलाई अमेरिका भ्रमणमा निम्त्याएका थिए

शासनको पहिलो १० वर्ष पुटिनको पश्चिमा नेताहरूसँग सहज र राम्रै सम्बन्ध थियो।

तस्बिर स्रोत, ITAR-TASS/AFP via Getty Images

तस्बिरको क्याप्शन, इटलीको प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीले सन् २००३ मा रुस भ्रमण गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूकेकी महारानीको निम्तोमा सन् २००३ मा पुटिनले यूकेको राजकीय भ्रमण गरेका थिए

रुसले सन् २००६ मा जीएट बैठक आयोजना गरेको थियो।

तस्बिर स्रोत, Getty Images

रुसको संविधान मान्दै पुटिन सन् २००८ मा तेस्रो पटक राष्ट्रपति बनेनन्। तर उनी चार वर्षका लागि प्रधानमन्त्री बने।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रधानमन्त्रीका रूपमा पुटिन

तर जोर्जियाले सन् २००८ मा दक्षिण ओस्सेटियामा सेना पठाएपछि आक्रमक भएको रुसले जोर्जियामा सेना पठायो। अगस्टमा भएको युद्धले पश्चिमा देशहरूमा सन्देह उत्पन्न गरायो।

सन् २०१४ मा यूक्रेनमाथि आक्रमण गरेपछि भने रुस र पश्चिमा राष्ट्रहरूको सम्बन्ध तीतो भयो।

रुसले यूक्रेनको क्रिमियालाई कब्जा गरेपछि ईयू र अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी लगाए र जीएचबाट निलम्बित गरे।

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, रुसले सन् २०१४ मा क्रिमियामा कब्जा गर्‍यो

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, सन् २०१९ मा पुटिन क्रिमियामा मोटरसाइकल र्‍यालीमा सहभागी भए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्रिमियाका विषयमा बल्ल यो महिला छलफल सुरु भएको छ

सिरियाको द्वन्द्वको चार वर्षपछि रुसले आफ्नो मित्रराष्ट्रलाई सहयोग गर्‍यो। रुसी सहयोग प्राप्त गरेपछि राष्ट्रपति बशर अल-असद शक्तिमा बसिरहन सके।

तस्बिर स्रोत, TASS/Getty

सन् २०१६ मा अमेरिकामा डोनल्ड ट्रम्पको विजयपछि अमेरिकी गुप्तचर संस्थाले रुसले निर्वाचनमा प्रभाव पारेको निष्कर्ष निकाल्यो।

तस्बिर स्रोत, Getty Images

सन् २०१८ मा यूकेले रुसले आफ्नो देशमा रहेका पूर्वसैनिक अधिकृतलाई मार्ने प्रयास गरेको बतायो।

तस्बिर स्रोत, Getty Images

आफ्नो शासनकालमा पुटिनले आफ्नो र रुसको छविमाथि नियन्त्रण राख्न प्रयास गरेका छन्।

उनको सार्वजनिक भएका थुप्रै तस्बिरहरूले उनको छवि एउटा बलियो मान्छेको रूपमा चित्रित गर्ने खालका छन्।

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, सन् २००७ मा मङ्गोलिया सीमानजिक बन्दुक बोकेका अर्धनग्न पुटिनको तस्बिर सार्वजनिक भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१३ मा आफ्ना कुकुरहरूसँग हिउँमा खेल्दै गरेका पुटिनको तस्बिरमा उनको जीवनशैलीको झलक देखिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पदमा हुँदै पुटिनले आइस हकी र जुडो खेलमा भाग लिएर आफ्नो खेलकौशल देखाएका छन्

उनले सन् २०१४ मा हिउँदे ओलिम्पिक्स र सन् २०१८ मा फुटबल विश्वकप आयोजना गरेर रुसको छवि राम्रो बनाउन प्रयास गरे।

ओलिम्पिक्स सफल भयो तर रुसी खेलाडीहरूले प्रतिबन्धित पदार्थ प्रयोग गरेको काण्ड सेलाएको छैन।

प्रतिबन्धित पदार्थ प्रयोगमा राज्यको निकायले तथ्याङ्क लुकाएको आरोपमा रुसलाई हालै चार वर्षका लागि सबै मुख्य खेलकुद प्रतियोगितामा भाग लिनबाट प्रतिबन्धित गरिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१८ को फुटबल विश्वकप आयोजनका लागि पुटिनले महत्त्वपूर्ण भूमिका खेलेका थिए

त्यसै कारणले सन् २०१८ मा विश्वकप फुटबल सफलतापूर्वक आयोजन गरेको रुसले आगामी सन् २०२२ को विश्वकपमा भाग लिनेछैन।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित