साउदी अरबका तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि तेलको मूल्य बढ्यो

तस्बिर स्रोत, Reuters

पढ्ने समय: २ मिनेट

साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ।

शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको छ।

व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९% ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो। त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५% ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो।

पूर्ववत् तेल उत्पादन गर्न साउदी अरबलाई हप्तौँ लाग्न सक्नेछ।

साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको छ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले ती आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन्। तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको "जाल" भनेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमार्फत् अमेरिकाले दोषी चिनेको टिप्पणी गरेका छन्।

तस्बिर स्रोत, Reuters

अमेरिका कारबाहीका लागि तयार रहेको आशय व्यक्त गर्दै उनले साउदी अरब कसरी अघि बढ्न चाहन्छ त्यो जान्न आफूले प्रतीक्षा गरिरहेको बताए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

अर्को ट्वीटमा उनले "प्रशस्त तेल" भएको लेखेका छन्।

तेहरानसँग निकट मानिएका यमनका हुथी विद्रोहीहरूले आक्रमण आफूहरूले गराएको दाबी गरेका छन्।

तेल आपूर्तिमा कस्तो प्रभाव पर्ला?

साउदी अरबले आक्रमणबारे विस्तृत विवरण दिएको छैन। तर उसले ती आक्रमणमा कोही हताहत नभएको बताएको छ।

उसले तेल उत्पादनबारे भने केही सङ्केत गरेको छ।

साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले विशाल प्रशोधन केन्द्रहरू प्रभावित भएकाले उत्पादन केही घट्न गएको हो।

साउदी अधिराज्य संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो।

उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी परिमाणमा तेल अन्यत्र पठाउने गरेको छ।

लन्डनस्थति इन्टरफ्याक्स एनर्जीसँग आबद्ध विश्लेषक अभिषेक कुमार भन्छन्, "साउदी अधिकारीहरूले आगो नियन्त्रण भएको दाबी गरेका छन्। तर अब्काइक र खुरैसमा व्यापक क्षति भएको जस्तो देखिन्छ। अनि तेल आपूर्ति सामान्य हुन हप्तौँ लाग्न सक्छ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2