'द रक'ले गरे दोस्रो विवाह, यी हुन् उनकी श्रीमती

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: १ मिनेट

'द रक' उपनामले चर्चित रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका छन्।

सतचालीस वर्षीय जन्सनले १५ करोड ४० लाख प्रयोगकर्ताले पछ्याइरहेको आफ्नो इन्स्टाग्राममा विवाहको घोषणा गरेका थिए।

सो जोडी सन् २००६ देखि प्रेमसम्बन्धमा थियो। हवाईमा आयोजित एउटा गोप्य समारोहमा उनीहरूको विवाह भएको हो।

समाचारहरूका अनुसार 'द गेम प्लान' फिल्मको छायाङ्कनका बेला पहिलो पटक उनीहरू भेट भएको थियो।

औपचारिक रूपमा विवाह गर्नुअघि उनीहरूका दुई सन्तान जन्मिसकेका छन्।

इन्स्टाग्राममा प्रेषित विवाहका तस्बिरहरूलाई नौ घण्टाभित्रै एक करोडभन्दा बढी प्रयोगकर्ताले 'लाइक' गरिसकेका छन्।

यो Instagram पोस्ट छोड्नुहोस्
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त

सबैलाई छक्क पार्दै विवाह घोषणा गरेपछि विश्वकै निकै चर्चित स्टारमध्येका एक 'द रक'लाई हलिउड कलाकारहरूले बधाई दिएका छन्।

को हुन् लरेन ह्यशिअन?

लरेन ह्यशिअन सन् ८० को दशकमा प्रसिद्ध गीत 'मोर द्‍यान अ फीलिङ्'का लागि चिनिएका अमेरिकी रक ब्यान्ड बोस्टनका गितारवादककी छोरी हुन्।

उनी आफू पनि सङ्गीतकर्मी हुन् र उनका केही गीत वेबसाइटहरूमा उपलब्ध छन्।

यो 'द रक'को दोस्रो विवाह हो।

उनले सन् १९९७ मा डेनी गार्सिआसँग पहिला विवाह गरेका थिए। उनीहरूकी १८ वर्षीया छोरी छिन्।

को हुन् ड्वेन जन्सन?

ड्वेन 'द रक' सम्भवतः रेस्लिङ खेलबाट चलचित्रमा आएका सबैभन्दा सफल व्यक्ति हुन्।

उनले अभिनय गरेका चलचित्र 'द ममी रिटर्न्स" र 'द स्कर्पियन किङ' उनको ठूलो आकर्षक शरीरमा मात्र केन्द्रित रहेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००० र २०१७ मा जन्सन

आफ्नो बलिष्ठ पुरुषको छविबाट पृथक् रहने र ख्यालठट्टा गर्ने प्रवृत्तिका कारण उनले सफलता पाएको ठानिन्छ।

"यदि कलाकारका रूपमा आफूलाई स्थापित गर्ने हो भने द्वन्द्वप्रधान मात्रै नभएर हास्यप्रधान तथा पारिवारिक चलचित्रमा पनि दख्खल राख्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको थियो," दुई वर्षअघि उनले भनेका थिए।