तीज: प्रशासन भन्छ भड्किलो भयो, महिला अधिकारकर्मी भन्छन् स्वतन्त्रता हनन गर्न पाइँदैन

पढ्ने समय: ३ मिनेट

विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले तीज भड्किलो नबनाउन र मौलिक रूपमा तोकिएकै दिनहरूमा दर खाने कार्यक्रम आयोजना गर्न 'अनुरोध'सहित गरी जारी गरेका सूचनाले महिलाहरूको व्यक्तिगत स्वतन्त्रताको हनन गरेको अधिकारकर्मीहरूले बताएका छन्।

कास्की, पाल्पा, काभ्रे लगायतका जिल्ला प्रशासानले सहरी क्षेत्रमा होटल, पार्टी प्यालेस लगायतमा तीजको दर कार्यक्रम राखिने गरेको र यसले विकृति ल्याएको भन्दै मौलिक रूपमा तीज पर्वलाई मनाउन सूचना प्रकाशन गरेका हुन्।

यसविपरीत गरिएका कार्यक्रमहरूको निगरानी राखी कानुनअनुसार कारबाही गरिने सूचना प्रकाशित भएका छन्।

सहरी क्षेत्रमा केही वर्षयता तीज मनाउने शैलीमा केही परिवर्तन आएको छ। रातो पहिरनमा सजिएर तीजमा निराहार व्रत बस्नेअघिल्लो दिन माइत गएर दर खाने चलनमा केही फरक भएको देखिन्छ।

अचेल महिलाहरू साथीसङ्गी, सहकर्मी, विभिन्न समूह वा संस्थाहरूले एक महिनाअघि देखिनै आयोजना गरेका दर खाने कार्यक्रमा सामेल हुने गरेको देखिएको छ।

आधुनिकता

यस्ता परिवर्तनका कारण केलाउँदै समाजशास्त्री निर्मला ढकाल भन्छिन्, "यसको मुख्य कारण सहरी जीवनशैली हो। एकल परिवारमा साना घरहरूमा बस्ने मानिसकहरूको सङ्ख्या सहरमा बढ्दै गएका छन्।"

"सबैजनालाई घरमै बोलाएर खुवाउने समय र ठाउँ दुवैको अभाव हुँदै गएको छ। टुँडिखेलमा गएर मनाउने कुरा आएन त्यसैले सबै खानपान र नाचगानका लागि पार्टी प्यालेस नै उपयुक्त हुँदै गएको छ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यही विषयलाई लिएर कास्की जिल्ला प्रशासनले तीज आउन झन्डै एक महिना बाँकी रहँदा नै दर खाँदा त्यसले चाडको मौलिकतामाथि आँच आएको भन्दै तडकभडक नगर्न, गरगहना प्रदर्शन नगर्न र साङ्गीतिक कार्यक्रम नगर्न सूचना प्रकाशित गरेको थियो।

यस्तै होटल एवम् पार्टी प्यालेसमा हुने दर कार्यक्रमले तीजको मौलिकताबारे प्रश्न उठाएको र यसले ध्वनि प्रदूषण समेत गराएको उक्त सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले जारी गरेको सूचनालाई अटेर गरे कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए।

"चोक, चौतारामा नाच्ने कुरा चाहिँ मौलिक परम्पराअनुसार भएकाले दर खाने दिनमा यहाँ भेला भएर नाचगान गर्न पाइयो। तर तीजको नाममा सार्वजनिक आवागमन अवरोध हुनेगरी र हामीसँग अनुमति नै नलिईकन गरिएका कार्यक्रम गैरकानुनी हुन्। पर्‍यो भने त्यसलाई हामीले कारबाही गर्न सक्ने अवस्था हुन्छ," उनले भने।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

'स्वतन्त्रता हनन'

तर यस किसिमका सूचनाले महिलाको व्यक्तिगत स्वतन्त्रता हनन गरेको कतिपय महिला अधिकारकर्मीहरूले बताएका छन्।

पत्रकार एवम् अधिकारकर्मी अमृता लम्साल भन्छिन्, "तीज मनाउने कि नमनाउने, मनाउने भए कसरी मनाउने भन्ने कुरा हरेक व्यक्तिले आफैँ निर्णय गर्ने कुरा हो।"

समाजका केही व्यक्तिहरू 'पुलिस' भएर महिलाहरूलाई 'तिमीहरूले यस्तो लाउनुहुन्छ, यस्तो लाउनुहुन्न, खानुहुन्न, त्यहाँ जानुहुन्न' भनेर सयौँ वर्षदेखि भन्ने गरेको भन्दै उनी भन्छिन्, "त्यसैको निरन्तरता हो यो भन्ने मलाई लाग्छ। यसले महिलाको व्यक्तिगत चाहना र उनको स्वतन्त्रताको हनन गरेको छ।"

सहरी जीवनशैली र धेरै मानिसको आर्थिक स्तरमा आएको वृद्धिका कारण पछिल्लो समय थुप्रै मानिसहरूले जन्मदिनदेखि विभिन्न बिदा मनाउने तरिकामा पनि परिवर्नत आएको समाजशास्त्रीहरू बताउँछन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

आपत्ति

अचेल मनोरञ्जनका लागि घरबाहिर जमघट हुने सामान्य बनिसकेको छ। त्यही कारण सहरी क्षेत्रमा पार्टी प्यालेस लगायत रेस्टुराँहरूको सङ्ख्या बढ्दै गएको छ।

त्यही परिवर्तनलाई महिलाले पनि आत्मसात् गर्दै घरबाहिर आफ्ना साथीसँगीसँग केही बेर रमाइलो गरेको विषयलाई लिएर यसले समाजमै विकृति ल्यायो भन्न नमिल्ने ढकालको भनाइ छ।

यो पनि पढ्नुहोस्

महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुँदै गएकाले पनि उनीहरू आफ्नो रमाइलोका लागि समय र पैसा दुवै खर्च गर्न सक्ने भएका हुन् र त्यसैको कारण पनि तीजका कार्यक्रमहरू बढ्न थालेको भन्दै यसलाई नकारात्मक रूपमा लिन नहुने लम्सालको धारणा छ।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

कारण

लम्साल भन्छिन्, "पहिला महिलाको हातमा खर्च पनि थिएन, घरको कामबाट कहिल्यै मुक्ति पनि पाउँदैनथे। अहिले उनीहरू काम पनि गर्छन् र दुईचार पैसा कमाउँछन्।"

"अब उनीहरूले आफ्नो हिसाबले पैसा खर्च गर्न, रमाइलो गर्न किन नपाउने? महिलाले खाएरमात्र विकृति हुन्छ भन्ने सोच नै कहाँबाट आयो भन्छु म?"

त्यसो त तीजको समय किनबेच हुने गहना, कपडा र हुने अन्य कारोबारले अर्थतन्त्रलाई पनि चलायमान राख्न सहयोग गरेको अर्थविद्हरू बताउँछन्।

तर यसरी खर्च गर्दा देखासिकी नगरीकन सबैले आफ्नो हैसियतअनुसार गर्दा चाडपर्व बोझ नभई सबैका लागि रमाइलो हुने उनीहरूको भनाइ छ।

"तीजमा गरिएको खर्च उत्पादनमूलक वस्तुमा हुन सके यसले अर्थतन्त्रलाई पनि फाइदा पुग्छ। सबैभन्दा ठूलो कुरा हामीले चाडपर्वलाई बोझिलो र खर्जिलो होइन सबैका लागि रमाइलो बनाउन सक्नुपर्छ," अर्थशास्त्री कुसुम शाक्यले भनिन्।