मदनमणि दीक्षित: "आत्मदाहको विचार त्यागेर माधवी लेख्न थालेँ"

तस्बिरको क्याप्शन, आफ्नी धर्मपत्नीका साथ साहित्यकार मदनमणि दीक्षित
पढ्ने समय: ३ मिनेट

साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा जनै पूर्णिमाका दिन बिहीवार निधन भएको छ।

बुधवार अस्पतालबाट घर फर्किएका दीक्षितलाई कालिकास्थानस्थित घरमा बेहोस भएर लडेपछि पुन: अस्पताल लगिएको बताइएको छ।

अस्पतालमा उनको मृत्यु भएको घोषणा गरिएको थियो।

उनलाई मुटु, मिर्गौला र फोक्सोको समस्या भएको बताइएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

बिहीवार नै राष्ट्रिय सम्मानका साथ उनको अन्येष्टि पशुपति आर्यघाटमा गरिएको छ।

बहुआयामिक व्यक्तित्वका धनी उनले नेपाली साहित्यलाई माधवी, त्रिदेवी, मेरी नीलिमा र ऋग्वैदिक नारी चरित्र आदि विभिन्न कृति दिएका छन्।

करिब दुई वर्षअघि ९५ वर्षको उमेरमा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो सबैभन्दा प्रिय कृति माधवी रहेको बताएका थिए।

तस्बिर स्रोत, Amodmanidixit/facebook

निर्दलीय पञ्चायतकालमा पत्रकारिता गरेका उनले कैयन् पटक अञ्चलाधीश कार्यालयमा बयान दिनुपरेको सन्दर्भ उल्लेख गरेका थिए।

आर्थिक सङ्कटका कारण श्रीमती र बुहारीका गहना बन्धक राखेर पनि उनले पत्रिका चलाएको बताएका थिए।

कुनै कुनै बेला त कैयौँ छाक भोकै बस्नुपरेको उनले बताएका थिए।

समीक्षामाथि प्रतिबन्ध लगाइएपछि राजदरबार अगाडि पेट्रोल छर्केर आत्मदाह गर्ने विचार आफूले गरेको उनले बताएका थिए।

तर पछि आफूले अपराध नगरेको महसुस भएपछि आत्मदाहको विचार त्यागेर त्यसैदिन "कलम खोस्न सक्छौ तर मेरो चिन्तन र विचार खोस्न सक्दैनौ भन्ने सावित गरेर सरकारलाई देखाइदिन्छु" भन्ने चुनौती दिँदै माधवी लेख्न थालेको बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

संस्कृत भाषा अध्ययन गरेर हिन्दी र अङ्ग्रेजी भाषाका पुस्तकबाट ज्ञान लिएको बताएका थिए।

उनले त्यसबेला आफूले आफ्नी आमाबारे लेख्न थालेको बताएका थिए।

आफ्नो बाल्यकाल मीठो र रमाइलो थियो भन्दै उनले आफूले पढाइमा सफलता र आनन्द पाएको बताएका थिए।

विद्यालयमा पढाएकाले उनलाई धेरेले "माड्सा'ब" भनेर चिनेका थिए।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

उनले खिचेका तस्बिरहरू आधुनिक नेपाली इतिहासका प्रमाणका रूपमा सुरक्षित बसेका छन्।

बहुआयामिक प्रतिभाका धनी मदनमणि दीक्षितलाई भेट्ने श्रष्टाहरू उनको शालीनताबाट प्रभावित भएका पाइन्छन्।

बहुआयामिक प्रतिभाका धनी मदनमणि दीक्षितको निधन भएपछि उनका योगदानबारे वामपन्थीदेखि दक्षिणपन्थीसम्मले चर्चा गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

तिनैमध्येकी एक साहित्यकार उषा शेरचनसँग बीबीसी नेपाली सेवाले गरेको अन्तर्वार्ताको सम्पादित अंश:

नेपाली साहित्यमा मदनमणि दीक्षितको योगदानलाई कसरी सम्झिनुपर्छ?

उनी स्वयंमा एक संस्था बनिसकेको व्यक्तित्व। उहाँजस्तो मुर्धन्य श्रष्टाहरू त सदियौँमा एकपटक जन्मिन्छ। माधवी जस्ता उपन्यास।

उहाँको उपन्यासलाई विश्व साहित्यमा दाँज्न सकिन्छ। उहाँका लेखहरू चिन्तनहरू निबन्धहरू सबै उत्कृष्ट।

उहाँले समीक्षा पत्रिका चलाउनुहुन्थ्यो। हामी अलि सानै थियौँ। मेरो दोश्रो कविता उहाँकै पत्रिकामा छापिएको हो।

त्यतिबेला साप्ताहिक पत्रिकाहरू नयाँ सन्देश र समीक्षा मात्रै थिए। समीक्षाका सम्पादक हुनुहुन्थ्यो दीक्षित। हामी जस्ता नयाँलाई पनि निकै प्रोत्साहन दिनुहुन्थ्यो।

तस्बिर स्रोत, Ilyabhattarai/facebook

तपाईँले धेरै अगाडिदेखि भेटिरहनुभएको रहेछ। उनको व्यक्तित्व कस्तो थियो?

दम्भ नभएको, शालीन, कम बोल्ने सटिक बोल्ने, भद्र पुरुष, र धेरै लेख्ने कम बोल्ने।

लेखक, फोटोग्राफर, पत्रकार साहित्यकार चिन्तक उनको कुन व्यक्तित्वले तपाईँलाई छुन्थ्यो?

उहाँको त उपन्यास नै हो नि। त्यो त नेपाली साहित्यको एउटा मणि हो।

मदनमणि दीक्षितले वैदिक र पौराणिक कथास्तुलाई साहित्यमा ढालेका छन्। तपाईँले माधवीको नाम लिइहाल्नुभयो। त्यसलाई साहित्यिक वृत्तले कसरी लिने गरेको छ?

चाहे त्यो साहित्यिक वृत्त होस या बाहिरको सबैलाई मन पर्ने उपन्यास हो। मेरा श्रीमान गैरसाहित्यिक हुन् तर उनले पनि मन पराएको उपन्यास हो।

नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिलाले त्यो किताबलाई अङ्ग्रेजीमा अनुवाद गर्न धेरै प्रयास गरेपनि सरकारबाट या धनीमानीबाट कतैबाट सहयोग प्राप्त हुन सकेन। उहाँका छोराछोरी पनि केही सोचिरहनुभएको होला।

माधवीको छलफल त जुनसुकै क्षेत्रमा भइरहन्छ।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

युवा पुस्ताले उनीबाट के सिक्ने?

साधना सिक्ने। साहित्य भनेको ठट्टा होइन। त्यो त आकाश जस्तो विशाल र धर्ती समुद्र जस्तो गहिरो कुरा हो। जति पौडे पनि पौडिन बाँकी नै रहन्छ। जति उडेपनि उड्न बाँकी नै रहन्छ।

उहाँ त साहित्यको साधक मन वचन कर्मले साधना गर्ने। सरस्वतीका साँच्चैका वरद पुत्रहरू। धैर्यता सिक्ने। साधना कसरी गर्नुपर्छ भनेर सिक्ने।

जुनसुकै कुरा पनि अनुशरण गर्न लायकको उहाँको दिनचर्या थियो। सबै सिक्नुपर्छ। सिक्न जरुरी छ।