बिरालो: प्रजातिको अस्तित्व, जासुसी र वैज्ञानिक न्यूटनबीचको सम्बन्ध

तस्बिर स्रोत, Getty Images

बिरालाहरूले मानवलाई खासै महत्त्व दिदैँनन् तर पनि बिरालाहरू गजब भन्ने शब्दको पर्याय ठानिन्छन्।

हामी उनीहरूसँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै बसिरहेका छौँ।

अधिकांश समय सुत्ने भएपनि उनीहरू विश्वकै सबैभन्दा लोकप्रिय घरपालुवा जन्तु पनि हुन्।

तर तपाईँलाई यिनीहरूबारे कति जानकारी छ?

उनीहरूका आश्चर्यमा पार्ने विशेषता यस्ता छन्।

उनीहरूले नियमित रूपमा इन्टरनेटमा चर्चित हुन्छन्। उनीहरुले मानवलाई खासै महत्त्व दिदैँनन्;। तैपनि उनीहरू गज्जब भन्ने शब्दको पर्याय ठानिन्छन्।

१. जब डिज्निल्याण्ड पार्कमा अँध्यारो हुन्छ, २०० वटा बिराला मुसा समाउन छाडिन्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अब रात्रिकालीन काम सुरू

२. बिरालोको समूहलाई क्लाउडर भनिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ग्रीक टापु सान्टोरिनीमा बिरालोहरूले उत्कृष्ट दृश्यावलोकन गर्न पाउँछन्

३. बिरालोले आफ्नो पञ्जाबाट पसिना निकाल्छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पसिना छुटिरहेको हेरिरहनुभएको छ?

४. साधारणतया बिरालोहरू तीन पटक चाखेर चौथो पटकमा मात्रै ढुक्कसँग खान थाल्छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तपाईँपछि मात्रै

५. सुतुवा बिरालो? औसतमा बिरालोहरू दिनको ७० प्रतिशत समय सुत्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म दिनभर यसो गर्न सक्छु र म यस्तै गर्छु

६. उनीहरूको पिसाब अल्ट्राभायोलेट (पराबैजनी)किरण मुनि पर्‍यो भने चम्किन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अँध्यारो नभएसम्म कुर्नुस न

७. घरमा पालिएका सबै बिरालोलाई पाँच मध्ये एक अफ्रिकी जङ्गली बिरालोको अवशेषसँग जोड्न सकिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, धेरै टाढाका नातेदार होइनन्

८. बिरालोले गुलियो स्वाद चाल पाउँदैनन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, त्यसो भए के?

९. बिरालीको दाहिने पञ्जा र बिरालोको देब्रे पञ्जा बढी सक्रिय हुन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेरो सबैभन्दा बलियो पञ्जा कुन हो?

१०. बिरालीको कठालोमा हड्डी हुँदैन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ...त्यही भएर हामी जस्तोसुकै ठाउँमा अटाउनसक्छौँ

११. विश्वविख्यात वैज्ञानिक आइज्याक न्यूटनले ढोका सहितको बिरालो बस्ने फ्ल्याप आविस्कार गरेको हल्ला छ। तर थाहा भएको समयदेखि नै गोठ तथा घरहरूमा बिरालो बाहिर निस्कनका लागि ढोकाहरू रहेको देखिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेरा साथी आइज्याकले त्यो मेरो लागि बनाएका हुन्

१२. बिरालोको कपालको लट्टाको प्राविधिक नाम ट्रिकोबिजोर हो। ग्रीक भाषामा 'ट्रिक'को अर्थ कपाल हो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अब तपाईँलाई थहा भो

१३. बिरालीलाई मोली वा महारानी पनि भन्ने गरिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म घरकी महारानी नै हुँ

१४. बिरालोले समुद्रको पानी पनि पिउन सक्छन्। उनीहरूको मिर्गौलाले केहि जटिल काम गर्छन्, जसले नुनलाई पनि छानिदिन्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मान्छे जति सिमित म छैन्

१५. मस्कोस्थित डच दूतावासमा सायामिज प्रजातीको घरपालुवा बिरालोले पर्खालमा चिथोरिरह्यो। थप अनुसन्धानपछि त्यहाँ जासुसहरूले माइक्रोफोन लुकाएर राखेको फेला परेको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मैलै भनिरहेकै थिए केहि सन्देहपूर्ण काम भइरहेको छ

१६. बिरालोका कारण विभिन्न ३३ वटा प्राजातिहरू लोपभएका छन् त्यसमा स्तनधारी प्राणी र चराहरू पनि छन्। उनीहरूलाई उपल्लो १०० अरूलाई जोखिममा पार्ने प्रजातिका रुपमा राखिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उनीहरूको मायालाग्दोपनबाट प्रभावित नहुनुस बिरालाहरू निर्दयी हत्यारा हुन्

खासमा हामी एकदमै बाठा प्राजतिसँग बसिरहेका छौँ जसले हामीलाई पञ्जाले हाम्रो अनुहारमा एक चोटी हानेर तिरिमिरी खेलाइ दिन सक्छन्।

उनीहरूलाई पनि चिन्तित बनाउन सकिएको भए हुन्थ्यो तर त्यसो गर्न सकिँदैन।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एकदमै ढुक्क नहुनुस