अमेरिकी आप्रवासन: मिसिसिपीमा पक्राउ परेका ३०० आप्रवासी कामदार थुनामुक्त

तस्बिर स्रोत, AFP

पढ्ने समय: १ मिनेट

अमेरिकाको मिसिसिपी राज्यमा बुधवार आप्रवासीहरूमाथि गरिएको ठूलो कारबाहीको क्रममा पक्राउ परेकामध्ये तीन सय जनालाई थुनामुक्त गरिएको अधिकारीहरूले बताएका छन्।

तर अभियानकर्ताहरूले पक्राउ परेका सबैजना थुनामुक्त हुनुपर्ने माग गरेका छन्।

आप्रवासीका बालबच्चाको अवस्थाबारे चिन्ता व्यक्त भइरहेको छ।

मिसिसिपी राज्यका विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा पक्राउ परेका थिए।

त्यो कारबाहीपछि आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको कारबाही भर्त्सना गरे।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

तर अधिकारीहरूले बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले गत जुन महिनामा "गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका दशौँ लाख आप्रवासीलाई देश निकाला गरिने" घोषणा गरेका थिए।

तर अहिले मिसिसिपीमा गरिएको कारबाहीको आलोचना भइरहेको छ।

अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)ले त्यो कारबाही अनावश्यक र क्रुर भएको बताएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

त्यस क्रममा खासगरी हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका कामदारहरूलाई विभिन्न उद्योगहरूबाट पक्राउ गरिएको थियो।

उनीहरू सूचीकृत कामदार नभएको आशङ्का गरिएको थियो। अहिले तीमध्ये आधा थुनामुक्त भएको बताइएको छ।

तर विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले पछिल्लो कारबाही कामदारका बालबालिकाहरूका लागि हानिकारक हुन सक्ने भन्दै भर्त्सना गरेका छन्।

आप्रवासी कामदारहरू पक्राउ परेपछि उनीहरूमध्ये धेरैका केटाकेटी आमाबाबुबाट छुट्टिनुपर्ने अवस्थामा पुगेका छन्।

आमासँग छुट्टिन बाध्य दुई बालकको हेरचाह गरिरहेकी क्रिस्टिना पेराल्टाले भनिन्, "बालकले भन्दैछ 'मेरी आमालाई उनीहरूले लगे'। ऊ आफू ट्रम्पदेखि असन्तुष्ट भएको बताउँदैछ। उनीहरू रोइरहेका छन्। आमा नभएपछि म उनीहरूलाई लिन विद्यालय गएँ। उनीहरू रोइराखेका छन्।"

अध्यागमन अधिकारीहरूले चाहिँ पक्राउ परेका सबै कामदारका केटाकेटीलाई शिशु स्याहार सुविधाको व्यवस्था गरिएको बताएका छन्।