चीनमा मुसलधारे वर्षा, २० लाखभन्दा बढी मानिस प्रभावित
तस्बिर स्रोत, Getty Images
दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्।
वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ।
अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मान्छे प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ।
गुइजो प्रान्तको एउटा सहर दुई मिटर पानीमा डुबेको छ।
मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्शी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ।
तस्बिर स्रोत, Getty Images
नौवटा सहरमा बाढी पसेपछि जियाङ्शी प्रान्तमा मात्रै डेढ लाख मानिसलाई अन्यत्र सारिएको छ।
चाइना डेली पत्रिकाका अनुसार दक्षिणपश्चिमी ग्वाङ्शी प्रान्तमा २० हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ।
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
मौसम पूर्वानुमान निकायका अधिकारीहरूका अनुसार बिहीवारसम्ममा ग्वाङ्डुङ, सुच्वान र ताइवानमा पनि वर्षा हुनेछ।
वर्षाका कारण हुने सम्भावित पहिरोबाट सजग रहन पनि अधिकारीहरूले आग्रह गरेका छन्।
विगतमा मुसलधारे वर्षाका कारण दक्षिणी चीनमा पहिरोहरू गएका दृष्टान्त छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन