सुदूरपश्चिम नेपालमा हावाहुरी: दुई जनाको मृत्यु, ७० भन्दा बढी घाइते

तस्बिर स्रोत, RSS

पढ्ने समय: २ मिनेट

बिहीवार राति सुदूरपश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा आएको ठूलो हावाहुरीमा परी दुई जनाको मृत्यु भएको र ७० भन्दा बढी मानिस घाइते भएका कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बीबीसी नेपालीलाई बताएका छन्।

हावाहुरी आउँदा मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो।

टीकापुरका लाहानु चौधरीको पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल भत्काएपछि किचिएर मृत्यु भएको बताइएको छ।

धेरै घाइतेको सेती अञ्चल अस्पताल, अत्तरियास्थित पद्मा अस्पताल, हसनपुरस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको बताइएको छ।

घाइतेमध्ये गम्भीर अवस्था भएका दुई जनालाई थप उपचारका लागि भारत र दुई जनालाई कोहलपुर पठाइएको जानकारी आफूले पाएको धनगढीस्थित बीबीसी संवाददाता उमीद बाग्चन्दले बताएका छन्।

तस्बिर स्रोत, UMID BAGHCHAND/BBC

घाइतेको सङ्ख्या धेरै भएकाले सेती अञ्चल अस्पतालमा ठाउँ अभाव भएको छ। उनीहरूलाई बरन्डामा राखेर उपचार गरिँदैछ।

क्षति

बिहीवार राति झन्डै सवा सात बजे कञ्चनपुरमा सुरु भएको हावाहुरी आधा घण्टाजति चलेको थियो।

प्रमुख जिल्ला अधिकारी बोहोराका अनुसार पौने आठ बजेसम्म चलेको हावाहुरीले कैलाली जिल्लामा बढी क्षति पुर्‍याएको देखिएको छ।

तस्बिर स्रोत, UMID BAGHCHAND/BBC

हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा घर र टहराको छाना उडेको अनि कतिपय ठाउँमा रूख तथा बिजुलीका खम्बा ढलेका छन्। त्यसकारण बाटो अवरुद्ध भएको र विद्युत् आपूर्ति पनि बन्द भएको छ।

प्रभावित क्षेत्रहरूमा उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) ले सामाजिक सञ्जालमा कैलाली र कञ्चनपुरको हावाहुरीबारे बिहीवार राति नै उल्लेख गरेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

उसले हावाहुरी पूर्वतिर बढ्ने क्रममा रहेको भन्दै सकेसम्म सतर्कता अपनाएर क्षतिबाट जोगिन आग्रह गरेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

त्यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि सामाजिक सञ्जालमार्फत् हावाहुरीको प्रणाली पूर्वतिर सर्दै गएको उल्लेख गरेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

महाशाखाका अनुसार सो प्रणालीका कारण पश्चिमका जिल्लाहरूमा हावाहुरी र मेघगर्जन हुन सक्ने देखिएको थियो।

झन्डै दुई महिनाअघि बारा र पर्सा जिल्लामा विनाशकारी हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।