सारेगमप: फाइनलमा पुगेका आयुष केसी र प्रीतम आचार्यबारे निर्णायकले के भने?

तस्बिर स्रोत, Zee TV

    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी नेपाली सेवा
  • पढ्ने समय: २ मिनेट

नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो 'सारेगमप लिटल च्याम्प्स' को फाइनलमा पुगेका छन्।

केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्।

प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्।

सेमिफाइनलमा नौ जना सहभागी थिए। उक्त रियालिटी शो जी टीभीमा हरेक शनिवार र आइतवार बेलुका प्रसारण हुँदै आएको छ।

अन्तिम चरण

गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ।

उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन्।

फाइनल प्रतिस्पर्धा यसै साता प्रसारण हुने बताइएको छ।

के भन्छन् परिवारका सदस्य?

विभिन्न राउन्ड हुँदै दुई नेपाली बालक भारतीय टेलिभिजनको रियालिटी शोको फाइनलमा पुगेकोमा उनीहरूका अभिभावकहरूले आफू ज्यादै हर्षित बनेको प्रतिक्रिया दिएका छन्।

उनीहरूका अनुसार प्रतिस्पर्धाको 'प्लेटफार्म' ठूलो र प्रतिस्पर्धीहरू पनि अब्बल भएकाले उनीहरूले ज्यादै मेहनेत गरेर फाइनलको यात्रा तय गरेका हुन्।

आयुष केसीका बुवा रामकृष्ण केसीले दुई बालकले नेपालकै इज्जत राखेको प्रतिक्रिया दिए।

यो पनि पढ्नुहोस्

उनले भने, 'धेरै मेहिनेत गरेर बच्चाहरू अन्तिम प्रतिस्पर्धामा पुगे। यो सबैको सद्भाव र उनीहरूको परिश्रमको फल हो। उनीहरूले नेपालको नाक राखेका छन्।"

प्रीतम आचार्यकी आमा राधिका आचार्यले पनि आफ्नो छोरा फाइनलमा पुगेकोमा हर्ष व्यक्त गरिन्।

उनले भनिन्, "प्रीतमले फाइनल जित्छ भन्ने आशा छ। तर प्रतिस्पर्धा हो। हामी सबै खुसी छौँ।"

आयुष केसीकी आमारोइन्

सेमिफाइनलमा आफ्नो छोराले गीत गाउँदा रीता केसी धरधरी रोएकी थिइन्।

छोराले गाइरहँदा निर्णायकहरू मञ्चमै पुगेपछि उनी भक्कानिएकी थिइन्।

नेपालीमा बोल्दै उनले आफ्नो छोरा तीन/चार हप्तादेखि बिरामी भएको बताइन्।

उनले भनिन्, "आयुष एकदम बिरामी थियो। मैले उसलाई हौसला दिइरहेँ। त्यही हौसलाले यो परिणाम आएको हो। सारेगमप स्टेजलाई धैरैधेरै धन्यवाद दिन चाहन्छु।"

शतप्रतिशत अङ्क

आइतवार भएको सेमिफाइनलको प्रतिस्पर्धाको प्रस्तुतिमा केसी र आचार्यले शत प्रतिशत अङ्क पाए।

त्यतिमात्र होइन कार्यक्रमका निर्णायकहरूले उनीहरू दुवै जनालाई जुरुक्कै बोकेका थिए।

प्रीतम आचार्यको प्रस्तुति हेरिसकेपछि बलिउड सङ्गीतकार आनन्दराज आनन्दले 'स्मरणयोग्य प्रस्तुति' भन्दै प्रोत्साहन दिएका थिए।

दुई साताअघिको प्रस्तुतिमा अभिनेता सलमान खानले प्रीतम आचार्यलाई "तिमीले नेपालले गर्व गर्ने काम गरिरहेका छौ" भनेर प्रतिक्रिया दिएका थिए।

आयुष केसीले गीत गाएपछि निर्णायक मण्डल 'ग्र्यान्ड ज्युरी'का प्रायः सबै सदस्यले उनलाई जुरुक्कै बोकेका थिए।

निर्णायक ऋचा शर्माले भनिन्, "तिम्रो प्रस्तुतिले लाग्दैछ ईश्वर यतै नजिकै कतै छन्।'

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

अर्का निर्णायक तथा गायक शानले शनिवार "प्रीतमको यो अपत्यारिलो प्रस्तुति हेर्न समय मिलाउनु भयो होला" भन्दै ट्वीट नै गरेका थिए।

नेपालबाट पनि दुई बालकलाई फाइनलमा सफलताको शुभकामना आउन थालेको छ।

सामाजिक सञ्जालमा धेरैले उनीहरूको प्रस्तुतिको प्रशंसा गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3