डोनल्ड ट्रम्प कस्ता आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिन चाहन्छन्?
तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमा सुरक्षामा कडाइ गर्ने र आप्रवासीहरू अमेरिका प्रवेश गर्ने नीतिमा फेरबदल गर्ने आफ्नो नयाँ योजना सार्वजनिक गरेका छन्।
उनले कमभन्दा कम उमेरका तथा धेरैभन्दा धेरै पढेका र अमेरिकामा रोजगारीको अवसर पाइसकेका, अङ्ग्रेजी बोल्ने कामदारलाई अमेरिका छिर्न प्रोत्साहन गरिने बताएका छन्।
भविष्यमा अमेरिका आउने आप्रवासीहरू मध्ये आधाभन्दा बढी त्यस्तै खाले शिक्षित कामदार हुने ट्रम्पको भनाइ छ।
ट्रम्पको लक्ष्य एवं चाहना
तस्बिर स्रोत, Reuters
उनले भने, "हामीले गर्न सक्ने सबैभन्दा ठूलो परिवर्तन भनेको उच्च दक्षता भएका आप्रवासीहरूको प्रतिशतलाई १२ बाट बढाएर ५७ प्रतिशत पुर्याउने हो। हामी हेर्दैछौँ त्यसलाई अझै बढाउन सक्छौँ कि?"
ट्रम्पले त्यस्तो नीतिबाट सबै प्रणालीहरूको आधुनिकिकरण हुने बताएपनि डेमोक्र्याटिक पार्टीका नेताहरूले त्यसले आप्रवासनबारेको प्रमुख समस्याहरूको सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।
बाल्यकालमा अमेरिका ल्याइएका र अझै राज्यविहीन रहेका आप्रवासीहरूले अमेरिकी नागरिकता हासिल गर्ने बाटोबारे राष्ट्रपतिको योजना स्पष्ट नभएको उनीहरूको भनाइ छ।
तस्बिर स्रोत, Reuters
ट्रम्पका नयाँ प्रस्ताव अमेरिकी कंग्रेसबाट अनुमोदित हुन बाँकी नै छ।
ट्रम्पले अमेरिकी सिमानाका आप्रवासन केन्द्रहरूमा दुर्व्यवहार हुने खतरा टड्कारै रहेको बताउँदै सीमा सुरक्षाको अवस्था सुधार गर्नको लागि थप बजेट आवश्यक रहेको बताएका छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन