साताका तस्बिरहरू: पानीको कहानी

मलाई लाग्छ पानी हेर्नु जीवन हो। एउटा मानिसले यसबाट धेरै कुरा सिक्न सक्छ।

चर्चित लेखक निकोलस स्पार्क्सले द नोटबुकमा लेखेका छन्।

पानी जीवन हो भनिन्छ। लियोनार्दो दा भिन्चीले पानीलाई प्रकृतिको मुख्य शक्ति भनेका छन्।

गर्मी मौसम लाग्दै जाँदा नेपालभर पानीको अभाव देखिन थालेको छ। पानीको हाहाकार पनि छ र पानीसँग जोडिएका जीवनका अप्ठेराहरू पनि छन्।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कर्णालीको धमिलो पानी पिउँदै दैलेख आठबीस नगरपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गर्मी मौसम सुरु भएसँगै दार्चुलाको सदरमुकाम खलङ्गा बजारमा विगत दुई महिनादेखि खानेपानी हाहाकार भएपछि महाकाली नगरपालिकाले स्थानीयलाई दमकलबाट पानी वितरण गर्दै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दाङको गढवा गाउँपालिका कालाकाटेमा खानेपानीको हाहाकार भएपछि धारामा पानी भर्नका लागि राखिएका गाग्रीहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सार्वजनिक धारामा खानेपानी कम आउन थालेपछि जुम्लाको तिला गाउँपालिका रारा गाउँको धारामा पानी आउने समय भन्दा अघि नै पानीको भाडा लिएर पालो कुर्दै स्थानीय बालबालिका

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पाल्पाको तिनाउ गाउँपालिकाको सत्यवती तालमा गर्मी बढेसँगै पानी सुक्दै गएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बर्दिया मधुवन र बाह्रबर्दिया नगरपालिकाको सिमानामा पर्ने कुसुम्बाघाटको नदिमा जोखिमपूर्ण यात्रा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दार्चुला, व्यास गाउँपालिकाका विद्यालय जाने बालबालिका तुइन मार्फत महाकाली नदी वारपार गर्दै

सबै तस्बिरहरू राष्ट्रिय समाचार समिति रासस।