तस्बिरमा जापानी सम्राट आकिहितोको गद्दीत्याग

जापानका सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेका छन्। बुधवार बिहान युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्।

सम्राटका रूपमा आकिहितोले आफ्नो अन्तिम सम्बोधन गर्दै जापान र विश्वको लागि शान्ति र खुसीको कामना गरेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सम्राट आकिहितोले मङ्गलवार विहान दरवारमा राजभवनमा आयोजित परम्परामा सहभागी भएका थिए।

जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्। मङ्गलवार बिहान गोप्य रूपमा सम्पन्न विधिमा उनले आफ्नो पूर्वजहरूलाई गद्दी परित्याग गर्न लागेको "बताएका" थिए।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सम्राटले गद्दीत्यागको योजना आफ्ना पौराणिक पुर्खाहरूलाई सुनाउनु पर्ने परम्परा छ। जसमा सूर्य भगवान् समेत पर्छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आफ्नो अन्तिम भाषणमा सम्राट आकिहितोले भने, "साम्राज्ञीसहित म हृदयदेखि नै रेवा युग शान्त तथा फलदायी होस् भन्ने कामना गर्छु। अनि म हाम्रो देश तथा विश्वका जनताको कल्याण र सुखका लागि प्रार्थना गर्छु।"

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् १९९० परम्परागत पहिरनमा सम्राट आकिहितो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पिता सम्राट हिरोहितोसँग युवराज आकिहितो

तस्बिर स्रोत, ISSEI KATO

तस्बिरको क्याप्शन, सन् २०११ मा आएको भुकम्प र सुनामीमा उद्धार गरिएकाहरूसँग सम्राट आकिहितो र सामाग्री मिचिको।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजगद्दी संहाल्न लागेका युवराज नारुहितो, युवराज्ञी मसाको र उनीहरूले पालेको कुकुर युरी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दरबारबाहिर जम्मा भएका मानिसहरू। आकिहितोले आफ्नो शासनको तीन दशकमा राजपरिवारको भूमिकालाई पुर्नपरिभाषित् गरेकाले पनि उनलाई त्यहाँका नागरिकसँग लोकप्रिय भएर जोडिन सहज भयो।

विधिवत् पदत्याग गरे पनि आकिहितो मध्यरातसम्म सम्राट मानिनेछन्। बुधवार बिहान उनका छोरा युवराज नारुहितोले गद्दी आरोहण गर्नेछन्।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित