लोकतन्त्र दिवस: सामाजिक सञ्जालमा नेपालीको निराशाजनक स्वर

पढ्ने समय: २ मिनेट

उन्नाइसदिने आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा बुधवार १३औँ लोकतन्त्र दिवस मनाइँदै गर्दा सामाजिक सञ्जालमा भने धेरैले निराशा व्यक्त गरेका छन्।

लामो सङ्घर्षपछि देशबाट राजतन्त्र हटेको र मुलुक गणतन्त्रात्मक बनेको दिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सहित केही नेताहरूले दिएका शुभकामनाको प्रतिक्रियामा समेत सर्वसाधारणको त्यस्तै निराशा झल्किएको देखिन्छ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको शुभकामना दिँदै ट्विटरमा लेखेका छन्, "लोकतन्त्रलाई संवैधानिक संस्थाकरण गरेपछि हामी समृद्ध नेपाल निर्माणको यात्रामा छौँ । न्याय सहितको आर्थिक सामाजिक रूपान्तरण गरी समग्र लोकतन्त्रलाई मजबुत बनाउन एकजुट हुन आह्वान गर्दछु।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

उनले लोकतान्त्रिक जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरेका छन्।

व्यङ्ग्य

ओलीको ट्वीटमा प्रतिक्रिया जनाउँदै प्रमोद धितालले "नेता मोटाए जनता उस्तै" भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

ट्विटरमै सुजाता तिवारीले कवितात्मक शैलीमा असन्तुष्टि व्यक्त गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

आलोचना

पत्रकार गजेन्द्र बुढाथोकीले चाहिँ नेपालको अर्थतन्त्रलाई लोकतन्त्रसँग जोडेर टिप्पणी गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, "विगत १३ वर्षमा नेपालीहरूको प्रतिव्यक्ति आय (स्थिर मूल्यमा) १,००० अमेरिकी डलर पनि पुगेको छैन (यद्यपि सरकारले समायोजित तथ्याङ्कका आधारमा १,०३० डलर पुगेको दाबी गर्छ)। खोइ लोकतन्त्रका उपलब्धि कसले लिए, कसले पाए?"

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

मनीष झाले भने लोकतान्त्रिक सिद्धान्तहरू पालन नभएकोतर्फ सङ्केत गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

पत्रकार मात्रिका पौडेलले चाहिँ वर्तमान जीवनशैली र नेताहरूप्रति व्यङ्ग्य गरेका छन्।

उनी ट्विटरमा लेख्छन्, "बाँदर लड्ने भीरमा मोटर गुडेका छन्, हँसिया बोक्ने हातमा मोबाइल छन्, जोईपोइको झगडामा समेत चक्काजाम गर्न पाकै छन्, फेसबुक र ट्विटरबाट आमाचकारी गालीगलौज र विषवमन गर्न पाकै छ। लोकतन्त्रको उपलब्धि यही होइन ? कलियुगमा रामराज्य खोजेर कहाँ पाइन्छ ? एकाबिहानै नेताजीहरूको कुरा।"

अर्का ट्विटर प्रयोगकर्ता इन्द्रध्वज क्षेत्रीले भने यस्तो विचार राखेका छन्।

उनले ट्विटरमा लेखेका छन्, "आज लोकतन्त्र दिवस। हामी सबै लडेर ल्याएको दिन। सामन्तवादको अवशेष राजतन्त्रमाथि जनबलको विजय भएको दिन। लोकतन्त्रको विकल्प छैन तर यो एउटै आन्दोलनबाट प्राप्त हुने साध्य होइन, क्रमिक विकास हुने साधन हो। यसलाई अपनाउँ, सम्मान गरौँ र सुधार्नतर्फ लागौँ।"