भीआईपी सुरक्षा: प्रहरीबाट सर्वसाधारणसँग हुने व्यवहारको सामाजिक सञ्जालमा चर्को आलोचना

तस्बिर स्रोत, Facebook/Sanjeev Lama

पढ्ने समय: ३ मिनेट

सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी चढेको एउटा गाडीले एउटा स्कूटरलाई हानेर लडाएको भिडियो यो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सो भिडिओमा स्कूटरचालक र सो पछाडि बसेकी एक महिला भुइँमा पछारिएको देखिन्छ।

तर बबरमहल-नयाँ बानेश्वर सडकखण्डमा भएको घटना भएपछि सशस्त्र प्रहरीको सो गाडी भने रोकिँदैन, अगाडि हुइँकिन्छ।

सामाजिक सञ्जालमा सो भिडिओ सार्वजनिक भएपछि सो गाडी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको पछुवा सुरक्षाकर्मीको भएको पत्ता लाग्यो।

यस घटनापछि विशिष्ट व्यक्ति अर्थात् भीआईपीहरूलाई राज्यले दिने सुरक्षा र अन्य सुविधाबारे ट्विटर र फेसबुकमा बहस सुरु भएको छ।

पूर्वसचिव मधुरमण आचार्यले "यति सारो भीआईपी कल्चर थिएन है उहिले बाजेका पालामा" लेख्दै त्यस्तो सुविधाप्रति कटाक्ष गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

धेरैले भीआईपीको सुरक्षार्थ खटिने टोली "असंवेदनशील" बनेको भन्दै आलोचना गरेका छन्।

यसअघि पनि विशिष्ट व्यक्तिहरूको सवारी हुँदा सर्वसाधारणले पाउने दु:खबारे सामाजिक सञ्जालमा चर्को आक्रोश व्यक्त हुने गरेको थियो।

कसरी आयो भिडिओ?

सुरक्षाकर्मीको गाडीले देब्रेतिरबाट उछिन्दा स्कूटरलाई ठक्कर लागेको भिडिओ पहिलो चोटि सन्जीप तामाङ लामा नाम गरेका व्यक्तिले शुक्रवार राति प्रेषित गरे।

स्कूटर पछिपछि हिँडेको दुईपाङ्ग्रे सवारीसाधनबाट त्यो भिडिओ खिचेकोजस्तो देखिन्छ।

फेसबुकमा आएपछि भिडिओ भाइरल बन्यो र ट्विटरमा पनि देखा पर्‍यो।

पहिलो चोटि फेसबुकमा हालिएको भिडिओ ३७ सयभन्दा बढी पटक शेअर भएको छ भने ट्विटरमा अरूले हालेको भिडिओ पनि सयौँ जनाले रिट्वीट गरेका छन्।

हजारौँ जनाले भिडिओ हेरेका छन् र त्यसबारे प्रतिक्रिया लेखेका छन्।

केहीले उक्त घटनालाई सुरक्षानिकायको "गैरजिम्मेदारी" भनेका छन् भने केहीले वरिष्ठ व्यक्तिको सुरक्षामा सर्वसाधारण पीडित हुनपरेको बताएका छन्।

केहीले सबै नागरिक बराबर भएकाले भीआईपीलाई विशेष सुरक्षा दिनुको औचित्य नभएको भन्दै त्यो चलल हटाउनुपर्ने भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

पत्रकार एवम् तत्कालीन राष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकार पत्रकार राजेन्द्र दाहालले ट्विटरमा लेखेका छन् - 'थ्रेट'कै कुरा गर्ने हो भने, हिजो अत्याचार गर्ने मध्येका एकदुई जनालाई सुरक्षा जरुरी होला, बाँकीको फुर्ति प्रदर्शन मात्रै हो।

केहीले सुशासन र नागरिकको सुरक्षाबारे प्रश्न गरेका छन्।

केहीले भने सो गाडीको चालकलाई मात्र नभएर अरू सुरक्षाकर्मीलाई पनि कारबाही गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।

पत्रकार किरण नेपालले ट्युनिशियामा भएको एउटा घटनाले कसरी ठूलो प्रभाव पार्‍यो भन्ने उल्लेख गर्दै यो घटनामा नागरिकमाथि अपमान भएकाले कारबाहीको माग गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

केही प्रयोगकर्ताले केही दिनअघि भएका अन्य घटनाहरूसँग यसको तुलना गर्दै सामाजिक स्थितिप्रति दु:ख व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

तर एक जनाले भीआईपीको सुरक्षाका लागि छुट्टै विधि हुने भन्दै खटिएको टोलीको आलोचना भएकोमा व्यङ्ग्य गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

के भने चन्दले?

भूतपूर्व प्रधानमन्त्री चन्दले फेसबुकमा आफूलाई घटनाबारे पछि मात्रै थाहा भएको भन्दै आफूबारे नकारात्मक प्रतिक्रिया देख्दा दु:खित भएको बताएका छन्।

उनले स्कूटरमा सवार व्यक्तिलाई चोटपटक लागेको भए आफू भेट्न जाने भन्दै जानकारी दिन अनुरोध गरेका थिए।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

नागरिक दैनिकका अनुसार स्कूटरमा सवार दम्पतीलाई चन्दले लोकन्थलीस्थित आफ्नो निवासमा बोलाएर भेटिसकेका छन्।

घटनाप्रति दु:ख व्यक्त गर्दै चन्दले उनीहरूसँग क्षमायाचना गरेको बताइन्छ।

चन्दले दु:खमनाउ गर्दै फेसबुकमा लेखेपछि चिकित्सक एवम् लेखक रामेश कोइरालाले ट्विटरमा लेखे, "असाधारण र अमानवीय गल्तीलाई शासकले 'साधारण' ठान्नु र चन्दजीलाई 'दु:ख'मात्र लाग्नु खेदजनक! हरेक छोटेबडे राजाजीहरूले जनतालाई रैती देख्ने कहिलेसम्म?"

के गर्दैछ ट्राफिक प्रहरी?

महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक जयराम सापकोटाका अनुसार उक्त सवारी चालकमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ।

"हामीले सशस्त्रलाई चिठी लेखिसकेका छौँ र सवारी चालक हामीकहाँ आज उपस्थित हुन सक्ने सम्भावना छ," सापकोटाले बीबीसी नेपाली सेवासँग भने।

"भिडिओ हेर्दा प्रहरीकै दोष देखिएको छ र उनीमाथि सर्वसाधारणलाई जस्तै कारबाही प्रक्रिया अधि बढाइनेछ।"

यसबीच ट्विटरमा भेटिएका केही पोस्ट हामीले समेटेका छौँ।