इथियोपिया विमान दुर्घटनाः मृत्यु हुनेमा नेपालकी एकता अधिकारीसहित राष्ट्रसङ्घका १९ कर्मचारी

तस्बिर स्रोत, Facebook/Ekta Adhikari

    • Author, केशव कोइराला
    • Role, बीबीसी नेपाली सेवा
  • पढ्ने समय: २ मिनेट

इथियोपियामा आइतवार भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीमा कार्यरत नेपालकी एकता अधिकारीसहित संयुक्त राष्ट्रसङ्घका १९ कर्मचारी रहेको पुष्टि भएको छ।

राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले तीमध्ये डब्ल्यूएफपीका सात, शरणार्थी निकाय यूनएचसीआरका दुई, इन्टर्न्याश्नल टेलिकम्युनिकेशन्स युनियन आईटीयूका दुई एवम् नाइरोबीस्थित यूएन कार्यालयका छ कर्मचारी भएको जनाएको छ।

फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशन एफएओ, इन्टर्न्याश्नल अर्गनाइजेशन फर माइग्रेशन आईओएम सुडानका एक, विश्व ब्याङ्क, र राष्ट्रसङ्घको सोमालियास्थित मिशन अन्सोमका एक-एक कर्मचारी पनि सो विमानमा थिए।

एक सय ४९ यात्री र चालकदलका आठ सदस्यसहित आदिस अबाबाबाट उडेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिवले दुर्घटनामा आफ्ना कर्मचारीहरू पनि परेको भन्दै एउटा विज्ञप्तिमार्फत् शोक प्रकट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

डब्ल्यूएफपीका कार्यकारी निर्देशक डेभिड बीज्लीले दुर्घटनामा परेर ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यसअघि संयुक्त राष्ट्रसङ्घका एक सूत्रलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले दुर्घटना परेका व्यक्तिमा कर्मचारीबाहेक संयुक्त राष्ट्रसङ्घसँग आबद्ध अन्य व्यक्ति पनि भएको हुनसक्ने समाचार प्रकाशित गरेको थियो।

उनीहरूमध्ये अधिकांश एउटा कार्यक्रममा सहभागी हुन आदिस अबाबाबाट नाइरोबी उडेका थिए।

को हुन् एकता अधिकारी?

दुर्घटनामा पर्ने एकता अधिकारी डब्ल्यूएफपी इथियोपियाकी कर्मचारी हुन्।

डब्ल्यूएफपी नेपालकी केसाङ लामाले अधिकारीका परिवारजनलाई दुर्घटनाबारे औपचारिक सूचना दिइसकेको बताइन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

अधिकारीको मूल घर गोर्खा हो। तर उनका बुवाआमा हाल अमेरिका भ्रमणमा रहेका छन् भने उनका भाइ नेपालमै छन्।

अधिकारीले सन् २०१५ मा यूकेस्थित एङ्लिया रस्किन विश्वविद्यालयबाट एमबीए गरेकी थिइन्।

अधिकारीले नेपालमा ठूलो भूकम्प गएको केही महिनापछि अर्थात् जुन २०१५ देखि डब्ल्यूएफपी नेपालमा काम गर्न थालेकी थिइन्। उनले गत वर्ष सेप्टेम्बरसम्म नेपालमा काम गरेको डब्ल्यूएफपी नेपालले जानकारी दिएको छ।

गत वर्ष पपुआ न्यूगिनीमा भूकम्प गएपछि उनलाई त्यहाँ सूचना व्यवस्थापन अधिकृतका रूपमा दुई महिना खटाइएको थियो।

उनी सोही पदमा गत वर्ष सेप्टेम्बरमा इथियोपिया गएकी हुन्।

गत डिसेम्बर महिनादेखि उनी डब्ल्यूएफपी इथियोपियाको कन्ट्री अफिसमा सप्लाई चेन अफिसरका रूपमा कार्यरत थिइन्।

दुर्घटनामा को परे?

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान दुर्घटना हुँदा प्रत्यक्षदर्शीले के देखे

आइतवार इथियोपियन एअरलाइन्सले मृतकहरू विभिन्न ३५ देशका नागरिक भएका र एक जनाको नागरिकता नखुलाई संयुक्त राष्ट्रसङ्घका कर्मचारी भएको उल्लेख गरेको थियो।

यात्रुहरूको सूचीमा एक नेपाली पनि भएको उल्लेख थियो तर नाम भने खुलाइएको थिएन।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

मृत्यु हुनेहरूमा केन्याका ३२, क्यानडाका १८, इथियोपियाका नौ, चीन, अमेरिका र इटालीका आठ-आठ, फ्रान्स र यूकेका सात-सात, इजिप्टका छ, जर्मनीका पाँच एवम् भारत एवम् स्लोभाकियाका चार-चार नागरिक रहेको एअरलाइन्सको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, अस्ट्रिया, रुस र स्वीडनका तीन-तीन एवम् स्पेन, इजरेल, मोरक्को र पोलन्डका दुई-दुई एवम् बेल्जियम, जिबुटी, इन्डोनेशिया, आयर्ल्यान्ड, मोजाम्बिकसमेत कम्तीमा १६ देशका एक-एक नागरिक पनि दुर्घटनामा परेका छन्।

दुर्घटनाको कारण थाहा हुन सकेको छैन।

तर बोइङ कम्पनीले बनाएको ७३७म्याक्स८ मोडलको विमान गत अक्टोबर महिनामा इन्डोनेशियामा पनि दुर्घटनामा परेको थियो।

इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा परेपछि विभिन्न वायुसेवाहरूले सो मोडलको विमानको उडान स्थगित गरेको विवरण प्राप्त भएको छ।