भारतका रेलमन्त्रीले नै तीव्र गतिको रेल भन्दै टाइम-ल्याप्स भिडिओ हालेपछि...
तस्बिर स्रोत, AFP
द्रुतगतिको रेल भन्दै कम गतिमा कुद्ने अर्कै रेलको टाइम-ल्याप्स भिडिओ प्रेषित गरेपछि सामाजिक सञ्जालमा भारतका रेलमन्त्रीको खिल्ली उडाइएको छ।
रेलमन्त्री पीयूष गोयलले भिडिओसँगै ट्विटरमा सो रेल "बिजुलीको गतिमा" कुदेको उल्लेख गरेका थिए।
गोयलको ट्विटरमा प्रतिक्रिया दिँदै रेल सङ्कलक अभिषेक जयसवालले सो रेलको सक्कली भिडिओ प्रेषित गरे। उनका अनुसार आफ्नो रेलमार्गसँग सम्बन्धि सामग्री प्रकाशित गर्ने युट्यब च्यानलका लागि उनले सो भिडिओ गत डिसेम्बरमा खिचेका थिए।
जयसवालको भिडिओमा सोही रेल धेरै कम गतिमा गुडेको देखिन्छ।
मन्त्री गोयलले आफ्नो आधिकारिक ट्विटर खातामा लेखेका छन्, "यो पक्षी हो... यो विमान हो... हेर्नुहोस् 'मेक इन इन्डिया' अभियानअन्तर्गत बनाइएको भारतको पहिलो सेमी-हाई स्पीड ट्रेन, वन्दे भारत एक्स्प्रेस।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
भारतमा संसारकै चौथो ठूलो रेलमार्गको सञ्जाल छ र गोयल त्यसका प्रमुख हुन्।
ट्रेन १८ नाम दिइएको सो रेल भारतमा सञ्चालित अहिलेसम्कै तीव्र गतिको रेल हो। उक्त रेल भारतको राजधानी दिल्ली र वाराणसीको रेलमार्गमा १३० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्छ।
गोयलको ट्वीटको जवाफ दिँदै जयसवालले युट्युबमा प्रकाशित आफनो भिडिओको लिङ्क दिएका छन्। सो स भिडिओ उनको युट्युब च्यानल 'द रेल मेल' मा डिसेम्बर २० मा सार्वजनिक भएको थियो।
त्यसमा सो रेलको गति सुस्त देखिन्छ।
जयसवालका अनुसार उनले सो भिडिओ हरियाणा राज्यको असावती स्टेशनमा खिचेका हुन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
भारतको एल्ट न्यूज वेबसाइटले ती दुवै भिडियोलाई सँगसँगै हेर्न मिल्नेगरी एक ठाउँमा राखिदियो।
त्यसपछि समाजिक सञ्जाल प्रयोगकर्ताहरूले रेलमन्त्रीको खिल्ली उडाउन थाले। कसैकसैले 'तीव्र गतिको रेल' भन्दै भिडिओहरू पनि प्रेषित गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
तस्बिर स्रोत, PTI
कसैले चाहिँ भिडिओ सम्पादन गर्ने आफ्नो सीप पनि देखाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
यसबारे कुनै प्रतिक्रिया नदिए पनि गोयलले सामाजिक सञ्जालमा रेलका भिडिओहरू हाल्न छोडेका छैनन्।
यो पनि पढ्नुहोस्
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन