खशोग्जीको हत्या भएको हुनसक्ने प्रमाण छ: टर्की
तस्बिर स्रोत, EPA
पत्रकार जमाल खशोग्जी बेपत्ता भएका घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ भने ती पत्रकार साउदी वाणिज्यदूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण टर्कीसँग रहेको भन्ने विवरणहरू सार्वजनिक भएका छन्।
अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ।
तर अमेरिकी विवरणहरूका अनुसार टर्कीका अधिकारीहरू आफूसँग रहेको अडिओ र भिडिओ रेकर्डिंगले जमाल खशोग्गीलाई एउटा साउदी सुरक्षा टोलीले वाणिज्यदूतावास भित्र मारिदिएका भन्ने प्रमाणित गर्नेमा विश्वस्त छन्।
पत्रकार खशोग्जीलाई इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा यातना दिइएको र पछि मारिएको भन्ने प्रमाणित गर्ने अडिओ र भिडिओ प्रमाण टर्कीका अधिकारीहरुसंग रहेको बीबीसीलाई बताइएको छ।
छानबिन
बीबीसीका इस्तानबुल सम्वाददाता मार्क लोवेन आफ्नो रिपोर्टमा भन्छन्, खशोग्जी बेपत्ता भएका भनिएको घटनाको छानबिनसँग निकट समाचार स्रोतले बीबीसीलाई बताए अनुसार टर्कीले औपचारिक रुपमा त ती साउदी पत्रकार बेपत्ता भएका नै भन्ने छ तर अंकारालाई ति पत्रकार मारिएका भन्ने स्पष्ट रूपमा नै ज्ञात छ।
ती समाचार स्रोतका अनुसार टर्कीको गुप्तचर निकायसँग ती पत्रकारको हत्या भएको घटनाको अभिलेखीकृत प्रमाण नै रहेको छ।
तस्बिर स्रोत, Getty Images
साउदी सरकारको एकजना कडा आलोचक जमाल खशोग्जी, गत अक्टोबर २ तारेखमा साउदी वाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ता छन्।
यस्तो परिस्थितिका माझ पनि टर्कीले यो घटनाका सम्बन्धमा संयुक्त छानबिन गर्ने साउदी प्रस्ताव स्वीकार गरेको छ।
सङ्केत
यसलाई अंकाराले रियादसँगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक व्यवस्थापन गर्ने प्रयासका गरेको सङ्केतका रूपमा लिइएको छ।
साउदी अरेबियाले अझै पनि औपचारिक रुपमा आफूविरुद्धका सबै आरोपहरुको खण्डन गरेको छ र खशोग्जी दूतावासको भवनबाट बाहिरिएका भन्ने गरेको छ।
तिनीहरुले उक्त वाणिज्य दूतावासमा छानविन गर्न कुन हदसम्मको खुला अनुमति दिनेछन् भन्ने स्पष्ट भएको छैन।
जमाल खशोग्जी बेपत्ता भएका र उनको सम्भवत: मृत्यु भएको भन्ने घटनाप्रति अन्तर्राष्ट्रिय रूपमा व्यापक आलोचना व्यक्त भइरहेको छ र त्यसबाट साउदी अरेबियासँग व्यापारिक सम्बन्धप्रतिको विश्वसनीयता पनि प्रभावित भएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन