दिवङ्गत फोटोपत्रकार शाह माराईले खिचेका तस्बिरहरू

समाचार संस्था एएफपीका लागि काम गर्ने फोटोपत्रकार शाह माराई सोमवार काबुलमा भएको एउटा बम आक्रमणमा मारिएका छन्। उनी अफगानिस्तानका नागरिक थिए र सो संस्थाको काबुलस्थित कार्यालयमा प्रमुख फोटोग्राफरका रूपमा कार्यरत थिए। माराईले खिचेका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराईले आत्मघाती बम आक्रमण भएका स्थानहरूमा तस्बिर खिच्ने गरेका थिए। यहाँ एप्रिल २२ मा एउटा मतदाता नामावली केन्द्रबाट बाहिर भएको आक्रमणपछि दुई व्यक्तिहरू घटनास्थलतर्फ हेर्दै गरेको देखिन्छ।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, आत्मघाती आक्रमणमा मारिएका आफन्तको चिहान खन्दै एक जना अफगानी पुरुष। सो आक्रमणमा बालबालिकासहित झन्डै ६० जना मारिएका थिए।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, सन् २०१७ मा काबुलस्थित एउटा सांस्कृतिक केन्द्रबाहिर भएका विस्फोटमा परेका व्यक्तिका आफन्तहरू एउटा स्थानीय अस्पतालमा बिलौना गर्दै।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराईले राजनीतिसँग सम्बन्धित तस्बिर पनि खिचेका छन्। यहाँ सन् २००९ मा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई र अमेरिकी सिनेटर जोन केरीलाई काबुलस्थित राष्ट्रपतीय भवनमा प्रफुल्ल मुद्रामा देखिन्छ।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, दश वर्षअघि हेल्मन्ड प्रान्तस्थित क्याम्प ब्यास्टिअनमा ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनले ब्रिटिश सैनिकहरूलाई सम्बोधन गर्दा माराईले खिचेको तस्बिर।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, सन् २००९ मा राष्ट्रपतीय उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहको निर्वाचन प्रचार अभियानमा सहभागी उनकी एक समर्थक।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराई दैनिक जीवनका अनेक घटनाका तस्बिर खिच्न मन पराउँथे। यहाँ एउटा बालकलाई सन् २०१० मा पोलियो रोगविरुद्धको एउटा राष्ट्रव्यापी अभियानमा खोप दिइँदैछ।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, तालिबान शासनकालमा घरमै सीमित पारिएका महिलाहरू सन् २००८ मा हेरातस्थित एउटा व्यायामशालामा।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, काबुलमा आयोजित एउटा मेलामा रोटेपिङमा रमाउँदै अफगानीहरू।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, माराईले सन् २०१७ मा खिचेको यो तस्बिरमा १९९० को दशकको मध्यतिर तालिबानबाट जोगाउन लुकाइएका र हाल डिजिटाइज गर्न लागिएका विभिन्न चलचित्रका हजारौँ प्रतिहरू देखिन्छन्।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, एक जना अफगान पुरुष हिउँले ढाकेको बाटोमा हिँड्दै

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, सन् २००० को दशकको पूर्वार्धमा अफगानिस्तानमा युद्ध १९७९-१९८९ ताका प्रयोग भएका र मुजाहिद्दिन लडाकुद्वारा नष्ट पारिएका सोभियत गाडी र अन्य सामग्रीहरू यत्रतत्र भेटिन्थे। पन्ज्शिर उपत्यकामा खिचिएको यो तस्बिरमा एउटा पुरानो सोभियत ट्याङ्कमा बच्चाहरू खेलेको देखिन्छ।

तस्बिर स्रोत, SHAH MARAI / AFP

तस्बिरको क्याप्शन, यी अफगान बालिका इरानबाट सन् २००८ मा घर फर्किएका छ हजारभन्दा बढी शरणार्थीमध्ये एक हुन्।