एन्टार्क्टिकाको सौन्दर्य

सन् २०१८ को आरम्भतिर समाचार संस्था रोयटर्सका फोटोपत्रकार एलेक्जान्द्रे मेनेगिनीले एन्टार्क्टिकाको यात्रा गर्दा खिचेका तस्बिरहरू।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, 'ग्रीन्पीस'ले आयोजना गरेको भ्रमणको उद्देश्य एन्टार्क्टिकामा संरक्षित क्षेत्र बनाएर समुद्री जीवहरूलाई मौलाउन दिने ईयूको प्रस्तावबारे चेतना जगाउनु थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चार दिनको यात्रापछि हिउँ नै हिउँ भएको महादेश पुग्दा भ्रमणदलले ह्वेल, पेन्गुइन र धेरै हिमतालहरू देख्यो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रस्तावित संरक्षित क्षेत्र झन्डै १८ लाख वर्ग किलोमिटरमा फैलिएको हुनेछ। त्यो क्षेत्र ह्वेल, सील, पेन्गुइन र विभिन्न प्रकारका माछाहरूको प्राकृतिक वासस्थान हो। यदि 'वेडल सी मरीन प्रोटेक्टेड एरिया' बन्न सक्यो भने त्यो संसारकै सबभन्दा ठूलो संरक्षित क्षेत्र हुनेछ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चिलेको पुन्टा अरिनसबाट मौसम परिवर्तन, प्रदूषण र माछा मार्ने कामले रैथाने वन्यजन्तुमा कस्तो प्रभाव परेको छ त्यसको विवरण सङ्कलन गर्न थालियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अहिले एन्टार्क्टिकाको संरक्षण 'एन्टार्किका सन्धि' द्वारा हुन्छ। तर एन्टार्क्टिकाको जलको दुरुपयोग हुने सम्भावना भएकाले विविध उपायद्वारा जीवहरूको संरक्षण गर्ने मौका गुमाउनु हुन्न भन्ने धारणा छ ग्रीन्पीस भ्रमणदलका नेता टम फोर्म्यानको।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हेलिकप्टरबाट खिचिएको यो तस्बिरमा सीलहरू देखिन्छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उक्त दलले विभिन्न द्वीप, खाडी र बन्दरगाहको भ्रमण गरेको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दलले एन्टार्क्टिकामा सक्रिय ज्वालामुखी विस्फोट भएर बनेको 'डिसेप्शन आइल्यान्ड' को पनि भ्रमण गर्‍यो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, त्यो द्वीपमा ह्वेलको सिकारसँग सम्बन्धित एउटा कारखानाको भग्नावशेष छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, त्यहाँ एउटा चिहान पनि छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डिशेप्शन आइल्यान्डमा पेन्गुइन यत्रतत्र भेटिन्छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एन्टार्क्टिका अरूले सोचेभन्दा पृथक र जीवन्त छ, भन्छन् एलेक्जान्द्रे मेनेगिनी।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, "त्यहाँ जति बेला पनि पेन्गुइन, चराचुरुङ्गी एवम् विभिन्न प्रजातिका सील र ह्वेलहरू देखिन्छन्।"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उनी भन्छन्, "मेरो पेन्गुइनहरूसँगको भेट अविस्मरणीय रह्यो।"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उनी भन्छन्, "एन्टार्क्टिका (मानव) सभ्यताभन्दा धेरै पर भएको मैले पाएँ। तर त्यो अस्पृष्ट छैन।"

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, "त्यो क्षेत्रको केही सौन्दर्यलाई मेरा तस्बिरहरूले उजागर गर्छन् भन्ने मेरो विश्वास छ।"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उनका अनुसार पेन्गुइनहरू मान्छेसँग डराउँदैनन्। "धेरै हलचल नगर्ने हो भने उनीहरू तपाईँको वरिपरि घण्टौँसम्म बस्छन्।"