युएस बांग्ला दुर्घटना: मृतक ३० जनाको शव पहिचान
छ दिनअघि युएस-बांग्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये ३० जनाको शव पहिचान भएको चिकित्सकहरुले बताएका छन्।
बाँकी १९ जनाको शव पहिचानको काम पनि निरन्तर चलिरहेको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीले बताएका छन्।
उनका अनुसार पहिचान भएका केही शव आफन्तलाई हस्तान्तरण समेत गरिसकिएको छ।
पहिचान विधि
उनले भने, " (शनिवार) सांझ ६ बजेसम्म २५ जनाको सनाखत भयो। जसमा १० जना नेपाली, १४ जना बंगालादेशी र एकजना चिनियाँ नागरिक भनेर हामीले रिपोर्ट दिएका छौं। साढे ७ बजे थप ५ जनाको पहिचान खुलेको छ र शव हस्तान्तरणको प्रक्रिया शुरु भएको छ।"
डाक्टर वस्तीका अनुसार विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उल्लेख गरेका हुलिया, लत्ता कपडा र औंलाको छाप जस्ता चिह्नको आधारमा शव पहिचान गरिएको हो।
उनले बाँकी केही शव पहिचानको लागि डीएनए अर्थात आनुवंशिक विधिको अनुसन्धान समेत गर्नुपर्ने हुनसक्ने बताए।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन