विमान दुर्घटनापछि उद्धार

ढाकाबाट काठमाण्डू आएको एउटा विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दु्र्घटनाग्रस्त हुँदा दर्जनौँको मृत्यु भयो।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अवतरणका क्रममा युएस-बांग्ला एअरलाइन्सको विमान अनियन्त्रित भई धावनमार्गबाहिर रहेको खुल्ला चौरमा दुर्घटनाग्रस्त भएको थियो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा संलग्न भएका थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, घाइतेहरूलाई विभिन्न अस्पालमा भर्ना गरिएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य सवार थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रधानमन्त्री केपी शर्मा ओलीले दु्र्घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसको छानबिन हुने बताएका छन्

तस्बिर स्रोत, BARSHA SHAH

तस्बिरको क्याप्शन, विमानमा लागेको आगो नियन्त्रण भएपछि भग्नावशेषबाट आठ शव फेला पारिएको थियो

तस्बिर स्रोत, BARSHA SHAH

तस्बिरको क्याप्शन, सेना र प्रहरीले मिलेर घाइतेको उद्धार गरेका थिए

तस्बिर स्रोत, BISHNU SAPKOTA

तस्बिरको क्याप्शन, उड्न लागेका अरू विमानका यात्रुले धावनमार्गबाट कालो धूँवाको मुस्लो आएको देखेका थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दुर्घटनापछि झन्डै तीन घण्टा अरू उडानहरू प्रभावित भएका थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दुर्घटनाग्रस्त विमानका ६७ यात्रुमध्ये ३२ बांग्लादेशी, ३३ नेपाली, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दुर्घटनाग्रस्त विमानबाट ४० जनाको शव निकालिएको थियो भने उपचारको क्रमा नौ जनाको मृत्यु भएको थियो