उत्तर कोरियाबारे पेन्सको चेतावनी
तस्बिर स्रोत, Getty Images
शीतकालीन ओलिम्पिक्समा उत्तर कोरियाको सहभागिताबाट विश्व अहिलै नै विश्वस्त भइहाल्ने अवस्था नभएको भन्दै त्यसबारे विश्वलाई सावधान रहन संयुक्त राज्य अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले चेतावनी दिएका छन्।
दक्षिण कोरियामा यही शुक्रबारबाट आयोजना हुन लागेको शीतकालीन ओलिम्पिक्स खेलको उद्घाटन समारोहमा उप-राष्ट्रपति पेन्स सहभागी हुँदैछन।
'ढाकछोपको प्रयास'
साथै खेलको आडमा उत्तर कोरियाको वास्तविकता ढाक्ने प्रयास हुन नहुने पनि उनको भनाइ थियो।
उत्तर कोरियाले परमाणु अस्त्रहरु विकास गरिरहेको र सोही कारण उसलाई सबैले एक्लो बनाउने काम जारी राख्नुपर्ने अमेरिकी उप-राष्ट्रपति पेन्सले बताएका छन्।
उत्तर कोरिया र दक्षिण कोरियाबीच खेल सहकार्य भएपनि त्यसले उत्तर कोरियाबारे आश्वस्त हुन नहुनेमा पनि पेन्सले जोड दिएका छन्।
उत्तर कोरियाले परमाणु अस्त्र तथा बलिस्टिक क्षेप्यास्त्रहरु विकास गर्ने उसको अडान नत्यागेसम्म उसलाई एक्लाइनु पर्ने पेन्सको तर्क छ।
खेलकूद
उत्तर र दक्षिण कोरियाले यही शुक्रवारबाट दक्षिणमा हुने शीतकालिन ओलिम्पिक्समा संयुक्त कोरियाको एउटै झण्डा मुनि सँगसँगै मार्च गर्न सहमत भएका थिए।
शीतकालीन ओलिम्पिक्समा २२ जना उत्तर कोरियाली खेलाडीले भाग लिंदै छन्।
महिला आइस हकी खेलमा दुवै कोरियाका खेलाडी संयुक्त सहभागी हुँदैछन् जसलाई अभूतपूर्व मानिएको छ।
त्यो संयुक्त टोलीमा उत्तर कोरियाका १२ महिला खेलाडी र एक खेल अधिकारी सहभागी हुनेछन्।
अपेक्षा
ओलिम्पिक्स खेलमा उत्तर कोरिया सहभागी हुने भएसँगै प्योंगयांगसँगको कूटनीतिक सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बारे दक्षिण कोरियामा अपेक्षा बढेको देखिन्छ।
तर अमेरिकी उप-राष्ट्रपति पेन्सको त्यस्तो टिप्पणी त्यो अपेक्षा विपरीत आएको छ।
दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनले "शीतकालीन ओलिम्पिक्स" लाई "शान्ति ओलिम्पिक्स" को संज्ञा दिएका छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन