प्रदेश सभाको पहिलो बैठकको रौनक

प्रदेश २, ५, ६ र ७ मा आइतवार बसेको प्रदेश सभाको पहिलो बैठकलाई लिएर सांसदहरुमात्रै नभई सर्वसाधारण पनि उत्साहित देखिए।

तस्बिरको क्याप्शन, प्रदेश २ को प्रदेश सभाको पहिलो बैठकमा आठ जना सांसदले मन्तव्य राखेका थिए र तीमध्ये आधाले मैथिली तथा आधाले हिन्दीमा बोलेका थिए।
तस्बिरको क्याप्शन, प्रदेश २ को प्रदेश सभा भवनबाहिर संसदको गतिविधि प्रत्यक्ष टेलिभिजनमा हेर्न सर्वसाधारण ठूलो संख्यामा उपस्थित भएका थिए।
तस्बिरको क्याप्शन, प्रदेश २ मा प्रदेश सभा प्रवेशद्वारमा सांसदहरुलाई स्वागत गर्न महिलाहरु उत्साहपूर्वक बसेका थिए।
तस्बिरको क्याप्शन, प्रदेश सभाको पहिलो बैठकमा कतिपय स्थानमा उच्च सरकारी पदस्थ अधिकारी तथा केन्द्रीय सांसदहरु उपस्थित थिए।
तस्बिरको क्याप्शन, प्रदेश २ मा सर्वदलीय बैठकले संसदको मर्यादापालकले दौरा सुरुवाल नलगाउने निर्णय गरेपछि उनीहरु बैठकको सुरक्षार्थ सामान्य पोशाकमै खटिएका थिए।
तस्बिरको क्याप्शन, प्रदेश ५ सहितका प्रदेशमा भने मर्यादापालकहरुले राष्ट्रिय पोशाक लगाएका थिए।
तस्बिरको क्याप्शन, प्रदेश ५ को प्रदेश सभाको पहिलो बैठकमा भाग लिन पुग्ने सांसदहरुको स्वागतका लागि बुटवलमा गेट बनाइएको थियो।
तस्बिरको क्याप्शन, प्रदेश ६ को प्रदेश सभाका सांसदहरुले आर्थिक समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्
तस्बिरको क्याप्शन, प्रदेश ७ मा पनि दलगत घेराबाट माथि उठेर विकासका लागि सहकार्य गर्ने वाचा विभिन्न दलका सांसदले गरेका थिए।