श्रीलंकाः धर्मसन्तानका रुपमा हजारौं शिशुको विक्री
तस्बिर स्रोत, Getty Images
श्रीलंकाका अधिकारीहरुले सन् १९८० को दशकताका हजारौं शिशुलाई धर्मपुत्र वा पुत्री बनाउनका निम्ति जालसाजीपूर्ण ढंगले विदेशमा बेचिएको स्वीकार गरेका छन्।
डच भाषामा निर्मित एउटा वृत्तचित्रमा उनीहरुले ११ हजार जति बालबालिका युरोपका परिवारमा बेचिएको हुनसक्ने र दुवै पक्षलाई नक्कली कागजातहरु दिइएको स्वीकारेका छन्।
तीमध्ये केही शिशु बेबी फार्म भनिने पश्चिमा देशलाई शिशुहरु बेच्ने शिशु केन्द्रहरुमा जन्मिएको बताइएको छ।
श्रीलंकाका स्वास्थ्यमन्त्रीले डच भाषाको एक समसामयिक विषयको कार्यक्रमलाई ती बालबालिकालाई उनीहरुलाई जन्म दिएका आमाहरुको बारेमा पत्ता लगाउन डीएनएको तथ्याङ्क संकलन गर्न 'डेटाबेस' बनाउने बताएका छन्।
प्रयासरत
झण्डै ४ हजार बालबालिका धर्मपुत्र वा पुत्री बनी नेदरल्याण्ड्स पुगेको र अरु बालबालिका स्वीडेन, डेनमार्क, जर्मनी र संयुक्त अधिराज्य लगायत देशका परिवारमा पुगेका थिए।
धर्मपुत्रका रुपमा स्वीकारिएका एकजना रोवान भ्यान भिलनले यसै वर्षको शुरुवातमा आफूलाई जन्म दिएकी आमालाई खोज्न पुनः श्रीलंका पुगको बीबीसीलाई बताएका थिए।
उनी २७ वर्षदेखि आफूलाई जन्म दिएकी आमाको बारेमा पत्ता लगाउन प्रयासरत छन् र उनी नेदरल्याण्ड्समा रहेको सामाजिक सञ्जाल समूहसँग आबद्ध छन्।
उक्त सञ्जालले श्रीलंकाली आमाहरुलाई धर्मपुत्र वा पुत्री बनाएर टाढिएका सन्तानसँग पुनर्मिलन गराउने गर्छ।
उनले भने, "धर्मपुत्र वा पुत्री बनाइएका सन्तान र उनीहरुका आमाले गलत जानकारी पाउने गर्छन् जसले निकै अप्ठ्यारो उत्पन्न गराउँछ।"
पुनर्विचार
"धर्मपुत्र वा पुत्री बनाइएका सबैको हामी नेदरल्याण्ड्समा एउटा डीएनए संकलन ब्यांक बनाउन चाहन्छौं ताकि हाम्रा दाजुभाइ वा दिदीबहिनीहरु भए श्रीलंका पुग्नसक्छौँ। त्यसपछि स्वीडेन, डेनमार्क र जर्मनीलाई रहेकाहरुलाई पनि उनीहरुको डीएनए सो ब्यांकलाई दिन भन्नेछौँ।"
नाबालकको संरक्षणसम्बन्धी एक डच निकायले नेदरल्याण्ड्स सरकारलाई गत नोभेम्बरमा विदेशी बालबालिकालाई धर्मसन्तान बनाउन प्रतिबन्ध लगाउननेबारे पुनर्विचार गर्न भनेपछि जेम्बला नामक डच भाषाको वृत्तचित्र कार्यक्रममा संलग्न वृत्तचित्रकर्मीहरुले त्यसबारे खोजबिन गर्न शुरु गरेका थिए।
कैयौँ देशमा नीति विपरीत त्यस्तो अभ्यास देखिएको भन्दै उक्त निकायले विदेशी बालबालिकालाई धर्मपुत्र वा पुत्री बनाउन प्रतिबन्ध लगाउनका लागि सुझाएको थियो।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन