यदि ट्रम्प शरणार्थी भएका भए.....

शरणार्थी समस्याको गाम्भीर्य प्रस्ट्याउनका लागि एक सिरियाली कलाकारले अमेरिकी राष्ट्रपतिलाई सर्वसाधारणको रुपमा प्रस्तुत गरेका छन्।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। उनको काखमा एउटी सानी बच्ची, हातमा संभवत: हराएका परिवारजनका तस्वीरहरु र ढाडमा गुन्टा देखिन्छ। सिरियाली कलाकार अब्दल्ला अल-ओमारीले संसारभरका नेताहरुलाई निर्वासित र शरणार्थीहरुको हुलियामा चित्रण गरेका छन्।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, ओमारी स्वयमं पनि विस्थापित छन् र उनले आफ्नो रचनात्मकताका निम्ति यही आक्रोश प्रयोग गरेका थिए। यो पेन्टिङ्मा तपाईं जर्मन चान्सलर एंगेला मर्केललाई देख्न सक्नु हुन्छ।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, तर ओमारी आफ्नो आक्रोशमा मात्र अड्की रहेनन्। उनले शक्तिशाली व्यक्तिहरुलाई निर्वस्त्र गर्ने र उनीहरुलाई आफू जस्तै दु:ख महशुस गराउने खालका उनको कल्पनामा रहेका चित्रहरु उतारे। 'मेरो मद्दत गर्नुहोस् न' भन्ने सन्देश हातमा लिएका तस्वीरका व्यक्ति रुसी राष्ट्रपति भ्लादिमीर पुटिन हुन्।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, ओमारी भन्छन्, "म उनीहरुको शक्ति खोस्न चाहन्थें, आफ्नो मद्दत गर्नका लागि होइन, ती नेताहरुलाई उनीहरुको मानवता फिर्ता दिनका लागि र जनतालाई दयनीयपनको शक्तिले के हासील गर्न सक्छ भनेर देखाउन म त्यस्तो गर्न चाहन्थ्येँ।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, यी प्रख्यात नेताहरुलाई गरिमापूर्ण देखाउनुको साटो ओमारीले शक्ति र आकर्षणका सबै प्रतिक मेटाइदिए। पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको यो तस्वीर हेर्नुहोस्।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, "मैले असदको चित्र बनाएकोमा दु:ख अनुभव गरेँ। यो ज्ञानरहित संसारमा हामी केवल असुरक्षित अनुभव गर्न सक्छौं। अदृश्य हावाले हाम्रो शरिरमा ठूलो भारी राखिदिन्छन्। यद्पि उनीहरु रहस्यमयी ढंगले हामीलाई फेरी उठ पनि भन्छन्" सिरियाका राष्ट्रपति बशर अल असदको यस चित्रसंगै उनले लेखेका थिए।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, ‌ओमारीले यी नेताहरुलाई निराश भावमा प्रस्तुत गरेका छन्। तपाईं नेताहरु ज्यान बचाउनका लागि भागिरहेको देख्न सक्नुहुन्छ।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, नाङ्गो खुट्टा र हातमा सीसी समातेर बसेका छन् निकोलस सारकोजी। उनको साथमा छन् फ्रांस्वा ओलांद। फ्रान्सका दुई पूर्व राष्ट्रपति।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, यो श्रृंखलामा कलाकारले शक्तिशाली नेताहरु राजनीति प्रति वास्ता नराख्ने रुपमा दर्शाएका छन्। यहाँ उत्तर कोरियाका नेता किम जोंग उन एउटा बच्चाको हुलियामा छन्, उनले पछाडी क्षेप्यास्त्र लुकाएका छन्।

तस्बिर स्रोत, ABDALLA AL OMARI

तस्बिरको क्याप्शन, 'आउनुस् चिच्च्याएर भनौं, म कमजोर छु तर तपाईंहरु जो आधिकारिक रुपमा सबैभन्दा शक्तिशाली हुनुहुन्छ, त्यति धेरै शक्तिशाली पनि हुनुहुँदैन। त्यसैले आउनुस् यसको सामना गर्नुस्।' अल-ओमारी चेतावनी दिन्छन्। उनको यो काम www.abdallaomari.com मा पनि हेर्न सक्नुहुन्छ।