सडकमा सकस

काठमाण्डू उपत्यकामा अधिकांश स्थानमा भत्किएका तथा बिग्रिएका सडकका कारण सवारी साधन चलाउनमात्रै होइन छेउबाट हिँड्न समेत सर्वसाधारणलाई कठिनाइ भइरहेको छ।

तस्बिरको क्याप्शन, वर्षा हुँदा हिलो हुने र पानी जम्ने समस्या उत्पन्न हुने सडकमा सुख्खा हुने बित्तिकै धुलो उड्ने गर्छ।
तस्बिरको क्याप्शन, झरी पर्ने क्रमसँगै राजधानीका अधिकांश सडक हिलाम्मे हुने गरेका छन्।
तस्बिरको क्याप्शन, वर्षायाम शुरु भएसँगै सडकमा हिलो र स-साना पोखरी बन्ने गर्छन्। कतिपय स्थानमा पानी जमेका स्थानमा दुर्घटना समेत भएका छन्।
तस्बिरको क्याप्शन, सडकको दुरावस्थाका कारण पैदलयात्रीलाई छेउबाट हिँड्न समेत कठिनाइ भइरहेको छ।
तस्बिरको क्याप्शन, पानीको निकास हुने ठूला आकारका ढल राजधानी उपत्यकाका नगरहरुमा निकै कम स्थानमा मात्रै बिछ्याइएकोले वर्षाको बेला धेरै स्थानमा पानी जम्ने र डुबानको समस्या दोहोरिने गर्छ।
तस्बिरको क्याप्शन, ढल निकास नहुँदा कतिपय सडकबाटै भेल बग्ने गर्दछ।
तस्बिरको क्याप्शन, अधिकांश सडक विस्तारको काममा ढिलाइ भएकोले सडक प्रयोगकर्ताले सास्ती खेप्नु पर्ने अवस्था कायमै छ।
तस्बिरको क्याप्शन, पछिल्लोपटक मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन भन्दै सडक खनिएपछि धुवाँधुलोको समस्या व्यापक बढेको छ।