नेपाली दूतावासमा राजकुमार ह्यारी

नेपाल-ब्रिटेन सम्बन्धको २ सय वर्ष पुगेको उपलक्ष्यमा ब्रिटिश राजकुमार ह्यारीले सदियौंसम्म नेपाल ब्रिटेन दौत्य सम्बन्ध कायम रहने आशा व्यक्त गरे। (सबै तस्वीरहरु: प्रदीप सिंह/लण्डन)

तस्बिरको क्याप्शन, नेपाल-ब्रिटेनबीच सम्बन्ध कायम भएको दुईसय वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा ब्रिटिश राजकुमार ह्यारी सहभागी भएका थिए।
तस्बिरको क्याप्शन, ती कार्यक्रमहरुमा बेलायतमा बस्ने नेपाली समुदायका सदस्यहरुको उत्साहजनक उपस्थिति थियो।
तस्बिरको क्याप्शन, सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठिक एक वर्ष अघि आफु नेपाल पुगेको स्मरण गरे र त्यहाँ आफूले पाएको न्यानो स्वागत र आतिथ्य कहिल्यै नबिर्सिने बताए।
तस्बिरको क्याप्शन, कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल ब्रिटेन संबन्ध जनस्तरमा पनि बलियो रहेको बताएका थिए।
तस्बिरको क्याप्शन, राजकुमार ह्यारीले ब्रिटिश सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस पाउने १३ जना भूतपूर्व गोर्खाहरुको तस्वीर अनावरण गरेका थिए।
तस्बिरको क्याप्शन, गत वर्ष नेपालको भ्रमण गरेका र अफगानिस्तानमा गोर्खा सैनिकहरुसंगै बसेका राजकुमार ह्यारीले गोर्खालीहरुको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गरे।
तस्बिरको क्याप्शन, गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट आफुले खुशी र गर्व महसुस गर्ने गरेको बताउँदै राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ समर्पण र व्यावसायिकता उदाहरणीय रहेको बताए।
तस्बिरको क्याप्शन, उद्योग मन्त्री नवीन्द्रराज जोशी र राजदुत डा सुवेदीले राजकुमार ह्यारीलाई मायाको चिनो प्रदान गरेका थिए।
तस्बिरको क्याप्शन, फोटो, चित्रकला, खाना तथा पुस्तक प्रदर्शनी, द्वीपक्षीय सम्बन्ध तथा नेपालमा लगानी विषयक अन्तरकृया लगायतका कार्यक्रमहरुका साथ समारोह सम्पन्न भएको थियो।
तस्बिरको क्याप्शन, समापन समारोहमा नेपालको सांस्कृतिक विविधता झल्काउने खालका विभिन्न साँगीतिक प्रस्तुतिहरु गरिएका थिए।