तस्बिरमा स्टिभन हकिङको जीवनयात्रा

'ब्ल्याक् होल्' र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको निधन मार्च १४ मा भयो। तस्बिरहरूसहित उनको जीवनका महत्त्वपूर्ण घटनाहरूको संक्षिप्त वर्णन।

तस्बिरको क्याप्शन, अक्सफोर्डमा सन् १९४२ मा जन्मिएका स्टिभन हकिङले अक्सफोर्ड विश्वविद्यालयमा भौतिकशास्त्र अध्ययन गरेका थिए। पछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरे।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, २२ वर्षको उमेरमा स्नायुप्रणालीको रोग लागेको निदान भएपछि चिकित्सकहरूले उनको आयु धैरै बाँकी नभएको बताएका थिए। त्यति बेला उनी जेन वाइल्डसँग विवाह गर्ने तयारी गर्दै थिए। तर उनीहरूको वैवाहिक जीवन २६ वर्षसम्म चल्यो। उनीहरूका तीन सन्तान छन्।

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, स्नायुप्रणालीको रोगले हकिङलाई ह्वील्चेअरमा सीमित गरिदियो। उनी एउटा विशेष न्त्रको सहायताले मात्र बोल्न सक्थे। सन् १९८८ मा उनको पुस्तक 'अ ब्रीफ् हिस्ट्री अफ् टाइम्' प्रकाशित भएपछि उनले धेरै चर्चा कमाए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पछि उनले आफ्नो सेवा गर्ने स्वास्थ्यपरिचारिका इलेन मेसनसँग सन् १९९५ मा विवाह गरे। तर उनीहरूको ११ वर्षपछि सम्बन्धविच्छेद भयो।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, एउटा विमानभित्र 'शून्य गुरुत्व' को स्थिति सिर्जना गरेर उनलाई 'भारहीनता' को अनुभव गराइयो। त्यस्तो अनुभव गर्ने सबै हातखुट्टा नचल्ने मानिसहरूमा उनी पहिला थिए। त्यति बेला उनले भनेका थिए, "मलाई लाग्छ अन्तरिक्षमा नजाने हो भने मानव जातिको भविष्य छैन।"

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यी विश्वविख्यात भौतिकशास्त्री संसारभरिका विश्वविद्यालयहरूमा गएर प्रवचन दिने गर्थे। यहाँ उनलाई सन् २००८ मा वाशिङ्टनस्थित जोर्ज वाशिङ्टन विश्वविद्यालयमा प्रवचन दिँदै गरेको देखिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गणित र विज्ञानको क्षेत्रमा उनले धेरै पुरस्कारहरू पाएका थिए। सन् २००९ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओबामाले 'स्वतन्त्रताको राष्ट्रपतीय पदक' बाट उनलाई विभूषित गरेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०१४ मा सेन्ट जेम्स प्यालेसमा आयोजित एउटा कार्यक्रममा उनले महारानी एलिजाबेथलाई भेटेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१४ मा उनको जीवनीमा आधारित चलचित्र 'द थ्योरी अफ् एभ्रिथिङ्' निर्माण भएको थियो। सो चलचित्रमा उनको चरित्रको अभिनय गर्ने एडी रेड्मेन यो तस्बिरमा देखिन्छन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २०१७ मा हकिङले क्याम्ब्रिजस्थित कार्यालयबाट हङकङमा जम्मा भएका जिज्ञासुहरूलाई हलग्रामको माध्यमबाट सम्बोधन गरे। उनको मृत्युपछि उनका सन्तानले हकिङको विरासत "वर्षौँसम्म जीवित रहने" बताएका छन्।