भूउपग्रहबाट खिचिएका यी तस्बिरमा भूकम्प जानुअघि र पछिको टर्की देखिन्छ

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूउपग्रहबाट प्राप्त पछिल्ला तस्बिरहरूले टर्कीमा भएको विध्वंस र भूकम्पबाट प्रभावित मानिसहरूका लागि आश्रयस्थल देखाउँछ

भूउपग्रहबाट प्राप्त तस्बिरहरूमा टर्कीमा भूकम्पका कारण भवनहरूमा कस्तो क्षति पुगेको छ भन्ने देख्न सकिन्छ। सोमवार टर्की र सिरियामा आएका शक्तिशाली भूकम्प र त्यसपछि आएका शृङ्खलाबद्ध परकम्पहरूका कारण ठूलो मानवीय र भौतिक क्षति पुगेको छ।

शुक्रवार बिहानसम्म मृतकहरूको सङ्ख्या २०,००० नाघिसकेको छ।

फेब्रुअरी ६ मा बिहान सबेरै ७.८ म्याग्निट्यूड मापन गरिएको पहिलो भूकम्पलाई “शक्तिशाली” भनिएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियान्टेप सहरनजिकै छ।

त्यहाँ २० लाख मानिसको बसोबास थियो।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पअघि एन्टाक्या, टर्की

भूउपग्रहबाट खिचिएका माथिका तस्बिरहरूमा टर्कीमा भूकम्प जानुअघि भवनहरू देख्न सकिन्छ। ती तस्बिर गत डिसेम्बरमा टर्कीको एन्टाक्यामा म्याक्सार टेक्नोलजीजले खिचेको थियो।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पपछि एन्टाक्या, टर्की

माथिको तस्बिरमा भूकम्पपछि सोही स्थानको दृश्य देख्न सकिन्छ।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्प जानुअघि आकाशबाट काहरामान्मारश यस्तो देखिन्थ्यो

जुलाईमा खिचिएको माथिको तस्बिरमा काहरामान्मारशको सहरी केन्द्रमा अवस्थित रङ्गशालाको वरिपरि रहेका भवनहरू देख्न सकिन्छ।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, तर भूकम्पपछि काहरामान्मारश यो स्थितिमा देखिन्छ

भूकम्पपछिका तस्बिरहरू भने नितान्त भिन्न छन्। रङ्गशालामा आकस्मिक बसोबासका लागि टहराहरू देख्न सकिन्छ भने वरिपरिका भवनहरू क्षतिग्रस्त भएका छन्।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पअघि एन्टाक्या यस्तो देखिन्थ्यो

अर्को तस्बिरमा भूकम्पअघि एन्टाक्या सहरमा भवनहरू कति घना थिए भन्ने देख्न सकिन्छ।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पपछि एन्टाक्या यस्तो देखिन्छ

भूकम्पपश्चात् खिचिएको सोही स्थानको तस्बिरले त्यहाँ कति विनाश भएको छ भन्ने देखाउँछ।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पपछि काहरामान्मारश विमानस्थल

भूकम्पपश्चात् खिचिएको काहरामान्मारश विमानस्थलको यो तस्बिरमा उद्धारकार्यमा प्रयोग भएका विमान र हेलिकप्टरहरू देख्न सकिन्छ।

भूउपग्रहबाट खिचिएको तलको यो तस्बिरमा आडियामनमा ठूलो सङ्ख्यामा पाल टाँगिएको देख्न सकिन्छ।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पपछि आडियामन

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पअघि एन्टाक्या

विनाशअघि खिचिएको अर्को तस्बिरमा एन्टाक्या।

तस्बिर स्रोत, Maxar Technologies

तस्बिरको क्याप्शन, भूकम्पपछि एन्टाक्याको दृश्य

यहाँ प्रकाशित तस्बिरहरूले टर्कीमा भूकम्पले कस्तो विध्वंस गरेको छ भन्ने देखाउँछन्।