इरानले इजरेलमा हवाइ हमला गरेपछि आकाशमा यस्तो देखियो (तस्बिरहरू)

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानले हमला सुरु गरेपछि जेरुसेलमको आकाशमा देखिएका वस्तु

इजरेलले आफ्नो देश र उसका साझेदारहरूले इरानले प्रहार गरेका २०० भन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये अधिकांशलाई आकाशमै निस्तेज पारिदिएको जनाएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानी हमलापछि क्षेप्यास्त्र प्रतिरोधी प्रणाली सक्रिय भएको थियो

इजरेली सेनाले इरानले क्रूज क्षेप्यास्त्र र बलिस्टिक क्षेप्यास्त्रसहित घातक ड्रोनहरू हमलाका क्रममा प्रयोग गरेको जनाएको छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, उत्तरी इजरेलको एक नाम नखुलेको स्थानमा निसानामा पुग्नुअगाडिका ड्रोन वा क्षेप्यास्त्र

सिरियास्थित आफ्नो कूटनीतिक नियोगमा इजरेलले हमला गरेको भन्दै जबाफी हमलास्वरूप इरानले पछिल्ला प्रहारहरू गरेको जनाएको छ।

तस्बिर स्रोत, EPA

आफ्नै भूमिबाट इरानले इजरेललाई निशाना बनाएको यो पहिलो घटना हो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेलतर्फ हमला हुँदा जोर्डनको अम्मानमाथि देखिएका वस्तुहरू

स्थानीय समयअनुसार रातको १ बजेर ४५ मिनेट जाँदा जेरुसेलममा साइरन बज्न थालेको थियो।

सहरमाथिको आकाशमा हवाई प्रतिरक्षा प्रणालीले वस्तुहरू निस्तेज पार्दा ठूलो विस्फोटनको आवाज सुनिएको थियो।

निस्तेज पार्ने प्रक्रिया चलिरहँदा आकाशमा प्रकाश चम्किएको देखिएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमलासँगै इरान र मध्यपूर्वका अन्य देशमा देखिएको पछिल्लो हवाई ट्राफिक, फ्लाइटरडार२४डटकममा यस्तो देखिन्छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।