भारतमा राहुल गान्धीको राजनीतिक भेलामा नेपालको राष्ट्रिय गान बज्दा विपक्षीद्वारा आलोचना र व्यङ्ग्य
तस्बिर स्रोत, Twitter@INC
भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन्।
सत्ताधारी दलको विरोधमा ‘भारत जोडो यात्रा’ अभियान चलाइरहेका गान्धी अचेल विभिन्न क्षेत्रमा पुग्दै जनतालाई सम्बोधन गरिरहेका छन्।
यसै क्रममा बुधवार महाराष्ट्र राज्यमा भएको भेलाका बेला पछिल्लो घटना भएको हो।
सामाजिक सञ्जालमा फैलिएको भिडिओमा गान्धीले पार्टीको कार्यक्रममा मञ्चबाट भारतको राष्ट्र गीत बजाउन अनुरोध गरेको देखिन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
सहयोगीले गीत बजाउँदा नेपालको राष्ट्रिय गान बज्दछ।
सुरुको धुन र पहिलो लाइन बजिसकेपछि अलमल्ल परेका गान्धीले उनका सहयोगीलाई ईशारा गर्छन्।
त्यसपछि बल्ल ‘जन, गण, मन…’ बज्दछ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि भारतीय जनता पार्टीका नेताहरूले गान्धीको आलोचना गरेका विवरणहरू भारतीय सञ्चार माध्यममा आएका छन्।
सामाजिक सञ्जालका वेबसाइटमा टिप्पणी गर्नेहरूले भारतको विपक्षी दलले महाराष्ट्र राज्यमा गरेको स्थानीय कार्यक्रममा कसरी छिमेकी देशको राष्ट्र गान बजाइनका निम्ति ठीक्क परेर राखिन पुग्यो भनेर प्रश्न पनि उठाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

X पोस्ट समाप्त, 4
के हो भारत जोडो यात्रा?
भारतीय कांग्रेस पार्टीको योजनाअनुसार सेप्टेम्बर ७ देखि दक्षिणी भूभाग कन्याकुमारीबाट सुरु भएको ‘भारत जोडो यात्रा’ १५० दिन लगाएर भारतका १२ राज्य अनि दुई केन्द्र-प्रशासित क्षेत्रहरू हुँदै कश्मीरको श्रीनगरमा पुगेर समापन हुनेछ।
कांग्रेस नेता राहुल गान्धीले यो ३५७० किलोमिटर पदयात्राको नेतृत्व गरिरहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशलाई विभाजित बनाइरहेको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ।
जनताका माझ आफ्नो कुरा सिधै राख्ने भन्दै उक्त यात्रा गरिएको बताइएको छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन