चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो रङ्गीन तस्बिर
चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो रङ्गीन तस्बिर
चन्द्रमाबाट खिचिएको पृथ्वीको यो पहिलो रङ्गीन तस्बिर हो।
'अर्थराइज' नामकरण गरिएको यो तस्बिर सन् १९६८ मा 'अपोलो ८' अभियानमा सहभागी एक अन्तरिक्षयात्रीले खिचेका हुन्। उक्त अभियानका अन्तरिक्षयात्रीहरूले पहिलो पटक चन्द्रमाको परिक्रमा गरेका थिए।
पचास वर्षपछि नासाले पुनः 'आर्टिमिस २' बाट अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको परिक्रमा गर्न पठाउँदै छ। यो अभियानबाट पृथ्वीका नयाँ तस्बिरहरू प्राप्त हुने अपेक्षा गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।