२,२०० जिउँदा कमिला तस्करी गर्ने प्रयास गर्दा जेल सजाय
२,२०० जिउँदा कमिला तस्करी गर्ने प्रयास गर्दा जेल सजाय
केन्यामा २,२०० जिउँदा कमिला तस्करी गर्ने प्रयासमा रहेका एक चिनियाँ नागरिकलाई जेल सजाय सुनाइएको छ।
उनलाई झन्डै ८ हजार डलर जरिवाना तिर्न पनि भनिएको छ।
उनको लगेजमा जीवित 'क्वीन गार्डन' कमिला भेटिएका थिए।
युरोप र एशियाका कतिपय सङ्कलकहरू यी कीरालाई धेरै मूल्यमा किन्छन्। एउटै कमिलाको मूल्य २२० डलरजति पर्न सक्छ।
जाङ केचुङले सुरुमा उक्त आरोप अस्वीकार गरेका थिए। तर पछि स्वीकार गरे।
उनका वकिलका अनुसार उनी यस आदेशविरुद्ध पुनरावेदन गर्ने छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।