ट्रम्पले पेन्टागनलाई युद्ध मन्त्रालयका रूपमा पुरानै नाममा अघि सार्दै
तस्बिर स्रोत, Getty Images
- Author, बर्न्ड डिबसम्यान जुनिअर
- Role, बीबीसी न्यूज, ह्वाइटहाउस
- पढ्ने समय: २ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रूपमा पहिचान दिनेगरी निर्देशन दिँदै छन्।
शुक्रवार उनले हस्ताक्षर गर्ने एक कार्यकारी आदेशले रक्षा मन्त्रालयलाई दोस्रो नयाँ नामको रूपमा प्रयोग गर्न रक्षामन्त्री पिट हेग्सेथलाई युद्ध मन्त्रीको रूपमा प्रयोग गर्न भन्नेछ।
अमेरिकी सेना हेर्ने पेन्टागनलाई त्यसअघि युद्ध मन्त्रालय भनिन्थ्यो। जुन सबैभन्दा पहिले सन् १७८९ मा क्याबिनेट निकायको रूपमा स्थापित भएर सो नाममा सन् १९४७ सम्म अस्तित्वमा थियो।
कार्यकारी मन्त्रालयहरू सिर्जना गर्ने जिम्मेवारी अमेरिकी कङ्ग्रेसमा छ जसको अर्थ ती मन्त्रालयको नाम कानुनतः परिवर्तन गर्न संशोधन आवश्यक पर्नेछ।
कार्यकारी आदेश कि संसद्!
बीबीसीले हेरेको उक्त कार्यकारी आदेशको पाठमा भनिएको छ: "'युद्ध मन्त्रालय' नामले 'रक्षा मन्त्रालय'को तुलनामा तत्परता र दृढ सङ्कल्पको बलियो सन्देश दिन्छ जसले केवल रक्षात्मक क्षमताहरूमा जोड दिन्छ।"
"कठिन समयमा आत्मविश्वास, दृढसङ्कल्प र दृढ विश्वास" स्थापित गर्न आदेशले रक्षा मन्त्री, उनको मन्त्रालय र मातहतका अधिकारीहरूलाई नयाँ नाम दोस्रो नामको रूपमा प्रयोग गर्ने अधिकार दिएको छ।
तस्बिर स्रोत, Reuters
सो आदेशले हेग्सेथलाई मन्त्रालयको स्थायी नामकरणतर्फ अघि बढ्न विधायकी र कार्यकारी कामहरू सिफारिस गर्न र समावेश गर्न पनि निर्देशन दिएको छ।
ट्रम्पले कङ्ग्रेसको स्वीकृतिबिना औपचारिक रूपमा नाम परिवर्तन गर्न नसक्ने हुँदा त्यस्तो प्रक्रिया आवश्यक पर्छ।
युद्ध मन्त्रालय जर्ज वाशिङ्टनले स्थापना गरेका थिए र त्यसलाई दोस्रो विश्वयुद्धपछि नयाँ नाम दिइएको थियो।
उक्त कार्यकारी आदेश अनुसार पुरानै नाम बिउँताउनुले "हाम्रो राष्ट्रिय हितमा यस मन्त्रालयको ध्यान केन्द्रित गर्ने छ र विरोधीहरूलाई आफ्नो हितको रक्षाका लागि युद्ध गर्ने अमेरिकी तत्परतालाई सङ्केत गर्ने छ।"
स्थायी रूपमा पुनः ब्रान्डिङ गर्दाको खर्च कति हुनेछ भनेर ह्वाइटहाउसले अझै बताएको छैन।
तर अमेरिकी सञ्चारमाध्यमहरूले सयौँ निकाय, निशान छाप, इमेल ठेगानाहरू, पोसाकहरू र थप अन्यको पुनर्संरचनाको लागि अर्बौँ डलर खर्च हुने ठानिएको जनाएका छन्।
जसले खर्च र अनावश्यक कुरा घटाउने पेन्टागनको प्रयासलाई बाधा पुर्याउन सक्छ।
ट्रम्पले किन नाम फेर्न चाहे?
ट्रम्पले बारम्बार नाम फेर्ने मनसाय प्रस्तुत गर्दै आएका थिए। जस क्रममा उनले पहिलेको नाम अन्तर्गत अमेरिकाले दुवै विश्वयुद्धमा "विजयको अविश्वसनीय इतिहास" पाएको तर्क गर्ने गर्थे।
सांसदहरूले यस्तो परिवर्तनलाई समर्थन गर्ने आशा समेत उनले व्यक्त गरेका छन्।
"मलाई विश्वास छ -आवश्यक परेमा कङ्ग्रेसले यसमा साथ दिने छ। हामीलाई त्यो आवश्यक पर्छ जस्तो पनि मलाई लाग्दैन," राष्ट्रपति ट्रम्पले गत साता भनेका थिए।
"तर यदि हामीलाई त्यो आवश्यक पर्यो भने कङ्ग्रेसलेसाथ दिनेमा म विश्वस्त छु।"
ट्रम्प र हेग्सेथले मन्त्रालयलाई "युद्ध लडाई" र "वारिअर इथोज" मा पुन: केन्द्रित गर्न खोजेका छन्।
उनीहरूले उक्त मन्त्रालय विविधता, समानता र समावेशीकरण कार्यक्रमहरू र "वोक आइडियोलोजी" (सामाजिक अन्यायलाई महत्त्व दिने अर्थ दिने भनेर बुझिने वाक्यांश) मा धेरै केन्द्रित भएको तर्क गरेका छन्।
ट्रम्पले यसअघि बिहीबार नोबेल शान्ति पुरस्कार चाहिरहेको भन्ने कुरालाई कम महत्त्व दिए।
"मैले गर्न सक्ने भनेको युद्धहरू बन्द गर्नु हो," उनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई भने। "म अरुको ध्यान खिच्न खोज्दिन। म केवल जीवन बचाउन चाहन्छु।"
यो नाम परिवर्तनसम्बन्धी यस कदम राष्ट्रपतिले पदभार ग्रहण गरेयता हस्ताक्षर गरेको २००औँ कार्यकारी आदेश हो।
यस नाम परिवर्तन केही हदसम्म अपेक्षित भए तापनि त्यो चीनले विशाल परेडमा नयाँ अस्त्र, ड्रोन र अन्य सैन्य हार्डवेयरको दायरा अनावरण गरेपछि आएको छ।
बेइजिङको परेडलाई कैयौँले अमेरिका र उसका सहयोगीहरूलाई प्रस्ट सन्देशको रूपमा व्याख्या गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन