एआई: यी ‘तस्बिरहरू’ वास्तविक हुन् कि हैनन् छुट्ट्याउन सक्नुहुन्छ?

तस्बिर स्रोत, NIGHT CAFE

    • Author, माइकल बर्जस
    • Role, बीबीसी न्यूज

अहिले कला, साहित्य, सङ्गीत वा फोटोग्राफीमा पनि आर्टिफिशल इन्टेलिजन्स प्रयोग गर्ने क्रम बढिरहेको छ।

त्यसरी सिर्जित सामग्री यति उत्कृष्ट हुन्छन् कि ती कृत्रिम हुन् वा वास्तविक भनेर छुट्याउन निकै कठिन हुन्छ।

तस्बिर स्रोत, NIGHT CAFE

'नाइट क्याफे' भन्ने वेबसाइटमा राखिएका यी सबै तस्बिरहरू आर्टिफिशल इन्टेलिजन्स सफ्टवेअरले बनाएका हुन्।

यी तस्बिरमा भएका कुनै पनि चरित्र वास्तविक होइनन् र शब्दले कम्प्युटर प्रणालीलाई निर्देशन दिएअनुसार सिर्जित हुन्।

त्यसरी निर्देशन दिन “चिच्याइरहेकी महिला” वा “जुम्ल्याहा” जस्ता सामान्य पदावली प्रयोग गरिएको हुनसक्छ।

तस्बिर स्रोत, NIGHT CAFE

तस्बिर स्रोत, NIGHT CAFE

यस्ता अवास्तविक सामग्रीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको एउटा उदाहरण भर्खरै देखा परेको छ।

जर्मनीका कलाकार बोरिस एल्डाग्सेनले यो वर्षको सोनी वर्ल्ड फोटोग्राफी अवार्डका लागि एआईबाट सिर्जित तस्बिर पठाएका थिए। संयोगवश उनको सिर्जना 'सर्वोत्कृष्ट तस्बिर' ठहरियो।

तस्बिर स्रोत, NIGHT CAFE

तर एल्डाग्सेनले उक्त पुरस्कार लिन अस्वीकार गरे।

निर्णयकर्ताहरूले आफूले पठाएको सामग्री “आर्टिफिशल इन्टेलिजन्सबाट सिर्जित हो कि हैन भन्ने थाहा पाउँछन् वा कि पाउँदैनन्” भनेर हेर्न त्यस्तो “उपद्रव” गरेको बताए।

"यस्तो अवार्डका लागि आर्टिफिशल इन्टेलिजन्सबाट निर्मित तस्बिर र अन्य तस्बिरबीच यस्तो प्रतिस्पर्धा हुनुहुँदैन," उनले भने।

तस्बिर स्रोत, NIGHT CAFE

तस्बिर स्रोत, NIGHT CAFE

नाइट क्याफेका संस्थापक एङ्गस रसेलले भने, "पाँच वर्षअघि मानिसहरू भन्ने गर्थे आर्टिफिशल इन्टेलिजन्सले पट्यारलाग्दा कामहरू आफैँ गरिदिए पनि सिर्जनात्मकता चाहिने काम चाहिँ लामो समयसम्म सुरक्षित रहन्छ।

"तर ठ्याक्कै उल्टो भयो। सिर्जनात्मक र ज्ञान चाहिने कामहरू झन् चाँडै विस्थापित हुन सक्छन्।"

तस्बिर स्रोत, NIGHT CAFE

तस्बिर स्रोत, NIGHT CAFE

बीबीसी न्यूजका तस्बिर सम्पादक फिल कूम्सले नक्कली वा चतुर्‍याइँपूर्वक सम्पादित तस्बिर “नयाँ” कुरा नभए पनि आर्टिफिशल इन्टेलिजन्सले भने “थप चुनौती दिने” बताए।

‍"त्यस्ता तस्बिरहरू पत्ता लगाउन टूलहरू छन्," उनले भने।

"ती टूलले आर्टिफिशल इन्टेलिजन्सले बनाएका तस्बिर पत्ता लगाउन पनि सहयोग गर्न सक्छन्।"

"तर तिनले पूर्णतः पत्ता लगाउन सक्दैनन्। धेरैजसो परीक्षण आँखाले हेरेरै गरिन्छ।"

तस्बिर स्रोत, NIGHT CAFE

कार्डिफ यूनिभर्सिटीको स्कूल अफ जर्नलिजम्‌मा इनोभेशन विषयका सहप्राध्यापक डा. डेभिड गीमा यस्ता तस्बिरको अतियथार्थवादबाट प्रभावित छन्।

"राम्रो तस्बिर कस्तो हुनुपर्छ भनेर तपाईँले अपेक्षा गर्ने सबै कुरा यसमा पाइन्छ," उनले भने।

“यी तस्बिरहरू अन्य तरिका [जस्तै एआई]बाट निर्मित हो भन्ने कुरामा विश्वास दिलाउन यिनमा त्यस्तो केही छैन।”

तस्बिर स्रोत, NIGHT CAFE

डा. गीमा दुराशयपूर्वक एआईको प्रयोग गरेर पत्रकारिता र तथ्यप्रधान सामग्रीमा तस्बिर प्रयोग हुन सक्ने सम्भावना औँल्याउँछन्।

"हामी त्यस्तो बिन्दुमा पुगेका छौँ जहाँ प्रविधि नीतिगत संरचनाभन्दा अगाडि बढिसकेको छ। त्यसले हामीलाई अनिश्चित अवस्थामा पुर्‍याएको छ," उनले भने।

"यसको प्रयोग हानिकारक प्रयोजनका लागि पनि हुनसक्छ, अनि त्यहाँ प्रतिबन्ध लगाउनुपर्ने पनि हुनसक्छ।"

"अन्यथा यी तस्बिरहरू क्यामराबाट खिचिएका होइनन् भन्ने जानेका मानिसहरूलाई त्यस्ता तस्बिर प्रयोग नगर भनेर कसरी दबाव दिन सकिन्छ? त्यसैले वास्तविक र गलत देखाउनेबीच फरक धारणा हुनसक्छ।"

तस्बिर स्रोत, NIGHT CAFE

एआईबाट सिर्जित तस्बिर निकै उत्कृष्ट बन्दै जाँदा र त्यसले प्रयोग गर्ने कोड पनि 'ओपन सोर्स' बाट सजिलै

प्राप्त हुने भएपछि हामीले बेलाबेला प्रश्न सोध्नुपर्ने हुन्छ - यी तस्बिर वास्तविक हुन् वा एआई-निर्मित?

तस्बिर स्रोत, NIGHT CAFE