सिपीजस्तो दुर्लभ रङ्गको बादल देखा पर्दा मानिसहरू दङ्ग
तस्बिर स्रोत, WEATHER WATCHERS / TALESFROMLIGHT
स्कटल्यान्डमा आइतवार साँझ र सोमवार सिपीको जस्तो चम्किलो रङ्ग भएको 'नेक्रेअस' बादलको दुर्लभ दृश्य देखिएपछि मानिसहरू दङ्ग परेका छन्।
हाम्रो वायुमण्डलमा निकै माथि हुने त्यस प्रकारको बादल बन्न चिसो अवस्था चाहिन्छ। त्यसमा हुने चहकिलो रङ्गका कारण उक्त बादललाई अङ्ग्रेजीमा "मदर अफ पर्ल" अर्थात् "मोतीकी आमा" वा सिपी पनि भनिन्छ।
"सूर्यास्तका बेला गलहरू उडिरहँदा एकदमै गजबको नेक्रेअस बादल देखियो। कस्तो अद्भुत दृश्य," बीबीसी वेदरसँग सम्बद्ध एक मौसम अवलोकनकर्ताले भने।
ध्रुवीय क्षेत्रमाथि र वायुमण्डलको स्ट्रयाटस्फिअरभित्र झन्डै १२ देखि १९ माइल माथि निकै चिसो अवस्थामा नेक्रेअस बादल बन्छ। अरू सामान्य बादलभन्दा निकै माथि। बन्न पर्याप्त चिसो नहुने भएकाले त्यस्तो बादल यूकेमा देख्न पाउनु दुर्लभ घटना हो।
तस्बिर स्रोत, WEATHER WATCHERS / JJNJUJUH
वायुमण्डलमा निकै माथि बलियो हुरीका कारण फसेको चिसो ध्रुवीय वायु 'पोलर भोर्टेक्स' यदाकदा कमजोर हुन्छ। त्यसले त्यो चिसो वायुलाई तल दक्षिणतिर ओर्लिन दिन्छ।
नेक्रेअस बादलहरू प्रायः सूर्योदय वा सूर्यास्त हुनुभन्दा दुई घण्टा अगाडि वा पछाडि देखा पर्छन्। आकाशमा धेरै माथि हुने भएकाले तिनमा सूर्यको प्रकाश सजिलै पर्न सक्छ। त्यसो हुँदा साँझपख ती अझ बढी चम्किला देखिन्छन्।
झन्डै माइनस ८० डिग्री सेल्सीअसको तापमानको वायुमा बन्ने यो बादलमा भएका ससान हिउँका कणबाट सूर्यको प्रकाश परावर्तित हुँदा सिपीको जस्तो रङ्ग बन्छ। त्यसैले यसलाई 'मदर अफ पर्ल' भनिएको हो।
आइतवार साँझ र सोमवार बिहान मोरे, हाईल्यान्ड्स र एबर्डीनशरबाट बीबीसी वेदर वाचरहरूले उक्त मनोरम बादलका तस्बिरहरू पठाएका थिए।
"आकाशमा अनौठो कुरा???" वेदर वाचर हेलनले भनिन्।
तस्बिर स्रोत, WEATHER WATCHERS / TYKE
तस्बिर स्रोत, WEATHER WATCHER / HELEN
तस्बिर स्रोत, WEATHER WATCHERS / DRIVERCHRIS
तस्बिर स्रोत, WEATHER WATCHERS / ASTRONUT
तस्बिर स्रोत, WEATHER WATCHERS / THEDUBS
तस्बिर स्रोत, WEATHER WATCHERS / ASTRONUT
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन