बलात्कार अभियोग लागेका पल शाह रिहा: कतै खुसी, कतै असन्तोष
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको भोलिपल्ट उनी रिहा भएका छन्।
अदालतका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यका अनुसार अदालतले जिल्ला कारागार तनहुँलाई आवश्यक पत्राचार गरे लगत्तै शाह आजै थुनामुक्त भएका हुन्।
उनी विरुद्धको अभियोगमा दाबी नपुग्ने भन्दै न्यायाधीशहरू डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले त्यस्तो निर्णय गरेको हो।
उनले सफाइ पाएको विवरणहरू सार्वजनिक भएसँगै उनी निकट भनेर चिनिने अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा लेखेकी छन्: “आज पानी पर्यो। सबै फोहोर पखालियो। मेरो साथी पलले सफाइ पायो।“
उनको स्ट्याटसमा थुप्रै फिल्मकर्मीदेखि फिल्म पत्रकारले “न्याय मिलेको” भन्दै खुसी व्यक्त गरेका छन्।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष तथा फिल्म निर्माता राजकुमार महतोले “बधाई छ। ढिलो हुन्छ तर सत्यको जित हुन्छ” लेखेर प्रतिक्रिया जनाएका छन्।
यो लेखमा Facebook बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Facebook cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Facebook पोस्ट समाप्त, 1
गायिका ज्योति मगरले पनि शाहको रिहाइमा 'खुसीको आँसु झरेको' भनेर प्रतिक्रिया जनाएकी छन्।
“ठ्याक्कै एक वर्षअघि उनी निलो ज्याकेट लगाएर दमौलीको थानामा प्रवेश गर्दै गर्दा जसरी हाम्रो आशु झरेको थियो। जिउभरि काँडा उम्रिएको थियो। आज सफाइ पाउँदा त्यसरी नै आशु झरेको छ फरक यति हो त्यो दुःख को आँसु थियो। यो खुसीको,” उनले लेखेकी छन्।
फेरि पर्दामा देख्न पाउने आशा
नाबालिग गायिकाको बलात्कार गरेको आरोपमा एक वर्ष अगाडि पक्राउ परेका शाहलाई जिल्ला अदालत नवलपुरले “बलात्कार नगरेको तर बाल यौन दुरुपयोग भएको” भन्दै उनलाई साढे दुई वर्ष जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो।
तर, उच्च अदालतले उक्त सजाय खारेज गरिदिएपछि शाहका दर्शकहरूले समेत विभिन्न माध्यममार्फत उनलाई चाँडै पर्दामा देख्न पाउने आशा व्यक्त गरेका छन्।
टिकटकमा छत्र क्षेत्री नाम गरेका प्रयोगकर्ताले शाह देखिने भिडिओसहित लेखेका छन्: “सत्यको जीत एक न एक दिन निश्चित छ। भोलि छिट्टै मिडियामा हेर्ने मन मलाई मात्र हो कि अरूलाई पनि?”
केहीले उनको सुरक्षाको माग गरेका छन् भने केहीले उनी विरुद्ध आरोप लगाउनेलाई सजाय हुनुपर्ने माग गरिरहेका छन्।
तस्बिर स्रोत, Niraj Panthee
यद्यपि, यस प्रसङ्गको फरक पाटोमा न्यायपालिकामाथि नै प्रश्न उठाएर पनि टिप्पणीहरू भैरहेका छन्।
ट्विटरमा प्रमित आचार्यले “नाबालिगसँग राखिएको हरेक किसिमको यौन सम्बन्ध बलात्कार हो भनेर कानुनमा स्पष्ट लेखिसकेको अवस्थामा पीडित होस्टाइल बनाएर बयान फेर्दैमा कसरी सफाइ दिन मिल्छ?” भनेर प्रश्न गरेका छन्।
लेखक अर्चना थापाले अदालतको निर्णयलाई 'पुरूषसत्तात्मक मानसिकताको उपज' को सङ्ज्ञा दिएकी छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
उनले पीडितले न्याय पाउने विषयमा संशय व्यक्त गरेकी छन्।
शिक्षासम्बन्धी मामिलामा चासो राख्ने सरोज घिमिरेले प्रश्न गरेका छन्, “निर्मलाको लागि न्याय माग्ने तर पल शाहसँग जोडिएकी पीडितलाई गाली गर्ने समाजले हामीलाई कहाँ पुर्याउँदै छ? हाम्रो न्यायालयलाई कहाँ पुर्याइँदै छ?”
केहीले यो मुद्दासँग सम्बद्ध घटनाक्रमको गाम्भीर्य र त्यसलाई विचार गरेर अपनाउनु पर्ने संवेदनशीलताबारे चर्चा गरिरहँदा शाह फूल मालासहित रिहा भएको तस्बिर सामाजिक सञ्जालमा साझा गरिएका छन्।
एकजना मानव अधिकारकर्मी मोहना अन्सारीले तथ्यहरू आरोपितलाई कारबाहीको दायरामा ल्याउन काफी भए पनि अदालतले नदेखेको उल्लेख गरेकी छन्। “अदालतले शक्तिशालीको संरक्षण र न्याय सुनिश्चित गरेको” मत राखेकी छन्।
लेखक मनोज लोहारले पल शाह छुट्नुलाई शक्ति, संरचना, सम्पत्तिको माथिल्लो तहमा रहेकाहरूले 'न्यायलाई कसरी मजाक बनाउँछन्' भन्ने कुराको उदाहरण भएको टिप्पणी गरेका छन्।
यो लेखमा Facebook बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Facebook cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Facebook पोस्ट समाप्त, 2
न्यायालयले गर्ने फैसलाले समाजमा नजिर स्थापित गर्ने भएकाले न्यायालयले अभियुक्तलाई सफाइ दिनु उचित नभएको तर्क राख्छिन् कवि तथा अभियानकर्मी हिरादेबी वाइबा।
त्यसअघि 'सार्वजनिक भएका अडिओ रेकर्डलगायत प्रमाणहरूको आधारमा नवलपुर जिल्ला अदालतले दोषी ठहर गरे पनि उक्त निर्णय उल्टनु निन्दनीय भएको' उनी बताउँछिन्।
“मुद्दाको गम्भीरतालाई ख्याल नगरी गरिएको निर्णयले सम्बन्धित र अन्य उस्तै प्रकृतिका घटनाका पीडितहरूलाई कस्तो मानसिक असर पर्छ भन्ने सोचिएन,” वाइबाको धारणा छ, “यसले धेरै पीडितलाई हतोत्साहित गर्ने छ।”
यो लेखमा Facebook बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Facebook cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Facebook पोस्ट समाप्त, 3
वाइबा आफूहरू 'समुन्नत र न्यायिक व्यवस्था निर्माणको उद्देश्यमा सङ्गठित भएको' बताउने संस्था, आजाद मोर्चाको संयोजक हुन्। उक्त संस्थाले “सम्पूर्ण सर्भाइबरहरूको पक्षमा ऐक्यबद्धता जनाउँदै” सोमवार नै काठमाण्डूमा खबरदारी कार्यक्रम आयोजना गरेको छ।
शाहको रिहाइसँगै उनी विरुद्ध आरोप लगाएकी गायिकाले सामाजिक सञ्जालमा आफ्ना आधिकारिक खाताहरू निष्क्रिय गरेकी छन्। उनको नाममा केहीले ‘पल दादा’ सम्बोधन गरेको नक्कली सामग्री बनाएर सार्वजनिक गरेको जानकारहरू बताउँछन्।
यस्ता गतिविधिले उनलाई “मानसिक दबाबमा पार्ने” वाइबा बताउँछिन्, “समाज र न्यायालयले नाबालिगलाई संरक्षण गर्नु पर्ने थियो। तर त्यहीँ चुकेका छौँ। सबै मिलेर उनलाई भाग्न/लुक्न बाध्य पारिएको छ।”
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन