विश्वका विभिन्न देशमा चन्द्रमासको पात्रोअनुसारको नयाँ वर्षको स्वागत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ज्यानुअरी २९, २०२५मा सर्प वर्षको स्वागतमा इन्डोनेशियाको सुराबायाको होङ् कू ती मन्दिरमा पूजा गर्दै मानिसहरू
पढ्ने समय: ४ मिनेट

एशियालगायत विश्वभरिका लाखौँ मानिसहरू चन्द्रमासको पात्रोअनुसार 'सर्प वर्ष'को सुरुवातलाई प्रार्थना, पूजा र चाडपर्व मनाएर स्वागत गरेका छन्।

नयाँ वर्षको उपलक्ष्यमा विभिन्न देशमा १५ दिनको पर्व मनाइन्छ। नयाँ वर्षको दिन प्राय : ज्यानुअरी १५ देखि फेब्रुअरी ४को बीचमा पर्छ।

चीन र विश्वका अरू ठाउँमा रहेका चिनियाँहरूका लागि यो निकै महत्त्वपूर्ण पर्व हो। यो भियतनाम, कोरिया, थाईल्यान्ड र फिलिपिन्सलगायतका एशियाका अन्य केही देशहरूमा पनि मनाइन्छ।

तस्बिर स्रोत, EPA

नेपालमा पनि तामाङ समुदायले परम्परागत नयाँ वर्षका रूपमा सोनाम ल्होसार मनाएको छ।

तस्बिर स्रोत, Andres Martinex Casares/EPA-EFE

तस्बिरको क्याप्शन, चीनको बेइजिङस्थित दितान पार्कमा नृत्य प्रदर्शन गर्दै कलाकारहरू

नयाँ वर्षको पहिलो दुई दिन परिवार र साथीहरू सँगै बसेर खाना खाने, उपहार दिने र खाममा पैसा राखेर दिने चलन छ।

उत्सवको सुरुवातसँगै आतसबाजी, लाल्टिन, ड्र्यागन तथा सिंह नृत्य र विभिन्न बत्तीहरूले सडक झिलिमिली पारिन्छ।

तस्बिर स्रोत, Florence Lo/Reuters

तस्बिरको क्याप्शन, उत्सवको समयमा चीनको बेइजिङमा छाता बोकेर हिँडेका महिला र लट्ठीमा हिँड्दै पुरुषहरू

चीनको राजधानी बेइजिङमा कलाकारहरू सर्प वर्षको सुरुवातको मनाउन मञ्चमा कला देखाउँछन्। लट्ठीमा हिँड्ने कला एक प्राचीन लोक प्रदर्शन हो, जुन कन्फ्युसियस र ताओले प्रतिपादन गरेका जस्ता प्राचीन चिनियाँ दर्शनमा आधारित छ।

तस्बिर स्रोत, Lillian Suwanrumpha/AFP

तस्बिरको क्याप्शन, ब्याङ्ककमा रातो लाल्टिनमुनि धूपनजिकै प्रार्थना गर्दै एक महिला

नयाँ वर्षको समयमा धेरै एशियालीहरू आउने वर्षमा स्वास्थ्य, समृद्धि र सौभाग्यका लागि प्रार्थना गर्छन्।

उनीहरू पुर्खा र देउताले राम्रो गर्ने विश्‍वासमा मन्दिरमा गई प्रार्थना गर्ने, धूप बाल्ने र खानेकुरा चढाउने गर्छन्।

तस्बिर स्रोत, Lillian Suwanrumpha/AFP

तस्बिरको क्याप्शन, ‍ब्याङ्ककमा मैनबत्ती बोकेर फोटो खिच्दै एक महिला

डिसेम्बर २०२४मा नयाँ वर्षका बेला मनाइने 'स्प्रिङ फेस्टिभल'लाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा राखिएपछिको यो पहिलो नयाँ वर्ष हो। यो सूचीकरणले विश्वव्यापी रूपमा यसको सांस्कृतिक महत्त्वमा ध्यानाकर्षण गरेको छ।

तस्बिर स्रोत, Juni Jriswanto/AFP

तस्बिरको क्याप्शन, सुराबायाको होङ् सान कू ती मन्दिरमा धूप लिएर प्रार्थना गर्न बसेका मानिसहरू

नयाँ वर्षको उत्सवमा केही मानिसहरू साथी र परिवारसँग फोटो खिच्छन् भने इन्डोनेशियाका बौद्ध धर्मावलम्बीहरू ईश्वरलाई सुन्तला, माला र चामल चढाएर प्रार्थना गर्न लामो लाइनमा उभिन्छन्।

तस्बिर स्रोत, Chung Sung-Jun/Getty Images

तस्बिरको क्याप्शन, दक्षिण कोरियामा सेतो रङ्गलाई शुद्धता र वर्षको राम्रो सुरुवातको रूपमा लिइन्छ

चिनियाँ समुदायले नयाँ वर्षको समयमा रातो रङ्गलाई सौभाग्य र आनन्दसँग जोड्छन् भने दक्षिण कोरियामा सेतो रङ्गलाई शुद्धता र वर्षको राम्रो सुरुवातको रूपमा लिइन्छ।

भियतनामका मानिसका लागि यो वर्ष भियतनाम युद्धको अन्त्य भएको ५० वर्ष पुगेको वर्ष पनि हो।

तस्बिर स्रोत, Chaideer Mahyuddin/AFP

तस्बिरको क्याप्शन, इन्डोनेशियाको बान्डा आचेमा सिंह नृत्य प्रस्तुत गर्दै कलाकारहरू

सिंहनृत्य नयाँ वर्षको समयमा प्रस्तुत गरिने एक महत्त्वपूर्ण परम्परा हो, जुन आउने वर्षको समृद्धि र सौभाग्यका लागि प्रस्तुत गरिन्छ। यहाँ इन्डोनेशियाको बान्डे आचेमा कलाकारहरूले सिंहनृत्य प्रस्तुत गर्दा मानिसहरू हेरेको देखिन्छ।

तस्बिर स्रोत, Hasnoor Hussain/Reuters

मलेसियाको राजधानी क्वालालम्पुरमा भक्तजनहरू ताओपन्थको सिन स्जे सी या मन्दिरमा प्रार्थना गर्न भेला हुन्छन्। यो समयमा धेरै बौद्ध धर्मावलम्बीहरू ताओवादी वा अन्य मन्दिरमा पूजा गर्छन्।

तस्बिर स्रोत, Eloisa Lopez/Reuters

फिलिपिन्सको राजधानी मनिलामा आतसबाजीका बीच सडकमा ड्र्यागन नृत्य गरिन्छ। यसलाई शक्ति, सामर्थ्य र सौभाग्यको प्रतीक मानिन्छ।

तस्बिर स्रोत, Timur Matahari/AFP

देवताहरूप्रतिको श्रद्धाको रूपमा प्राय: प्रार्थना गर्दा मैनबत्ती बालिन्छ। यो इन्डोनेशियाको दर्ना रामसी मन्दिरको दृश्य हो।

यो वर्ष सर्प वर्ष भएकाले भियतनामका धेरै सडकहरू यही राशिको चिह्नले सजाइएका छन्। भियतनामको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो ची मिन्हको दृश्य यस्तो देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।